0
निजगढसमाचार, निजगढ
दोस्रो संविधान सभा निर्वाचन मार्फत चौथो ठुलो शक्ति बनेको राप्रपा नेपाल अहिले संगठन विस्तारमा लागेको    छ ।
राप्रपा नेपाल निजगढ कमिटिले अहिले वडा भेला गर्दै कडा कमिटि गठनलाई तिब्रता दिएको     छ । यसैक्रममा निजगढ नगरपालिका वडा नं. ७ मा राप्रपाको वडा कमिटि गठन भएको छ ।
राप्रपा नेपाल बारा जिल्ला कमिटि सदस्य सावित्रि भारती र निजगढ नगर अध्यक्ष बासुदेव तिमल्सिनाको विशेष उपस्थितिमा कमिटि गठन भएको हो ।
नव गठित कमिटिको संयोजकमा कमानसिंह तामा· रहेका छन् । तामा·को संयोजकत्वमा २५ सदस्यि कमिटिको सहसंयोजकमा सितामाया मगर रहेकी छिन् । त्यस्तै कमिटिको कोषाध्यक्षमा नारायण बहादुर श्रेष्ठ चुनिएका छन् ।
कमिटिको सचिवमा शक्ति अधिकारी र सह–सचिवमा हरी बराल लगायत सर्वसम्मत चुनिएको राप्रपा नेपाल बारा जिल्ला कमिटि सदस्य सावित्रि भारतीले जानकारी दिईन् ।
राप्रपा नेपाल अहिले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागि भएको छ । थापाले उपप्रधान तथा परराष्ट्र मन्त्रालय, स्थानीय विकास मन्त्रालय सम्हालेका छन् ।

Post a Comment

 
Top