0

निजगढसमाचार, निजगढ, २४ पुस
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको धन्सर पुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । विराटनगरबाट काठमाण्डौंका लागी छुटेको ना ५ ख २७२ नम्बरको अग्नी बसले धन्सर पुल छेउमा रोकेर राखेको ना ४ ख १०५९ नम्बरको ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
तीब्र गतिमा रहेको सो बसले ठक्कर दिदा बसमा यात्रारत रामेछाप चिसापानी २ की २७ वर्षकी मिना तामाङको मृत्यु भएको प्रहरी नायब उपरिक्षक मनोज यादवले बताए ।
गम्भीर घाईते भएकी तामाङको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा झापाका ३२ वषिर्य गणेश पंडित, सुनसरी इटहरीका ४५ वषिर्य मलिन्द्र पोखरेल, हरी बास्कोटा गम्भीर घाइते भएका छन । गम्भीर घाइते मध्ये पंडित र बास्कोटा दुई लाई थप उपचारको लागी हेटौडा पठाइएको छ भने पोखरेलको निजगढमा उपचार भइरहेको छ ।
अन्य चार घाइतेको चपुर अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ । बिराटनगरबाट काठमाण्डौ हिडेको बसमा ग्यासका सिलिण्डर र पेट्रोलियम पदार्थका ठूला ग्यालेनसमेत रहेको डिएसपी यादवले बताए । अत्याधिक कुहिरोको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Post a Comment

 
Top