0
निजगढसमाचार, निजगढ
निजगढ नगरपालिकाको नया“ बन्ने कार्यालय पुग्ने सडक निर्माण सुरु भएको छ ।
नगरपालिका मार्गको रुपमा पूर्वपश्चिम राजमार्गबाट निजगढ–७ लिचिटोल हुदै नेत्रोदय माध्यमिक विद्यालय पुग्ने सडक अहिले पक्की ढलान भईरहेको हो ।
नगरपालिका मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष नबराज तिमल्सिनाका अनुसार एक हजार आठ सय ६५ मिटर सडकमा दुई चरण गरि एक सय ६५ मिटर ढलान भईसकेको छ ।
. शहरी बिकाश मन्त्रालय मार्फत निर्माण सुरु भएको सडकको मन्त्रालयका ईन्जिनिय पुजन न्यौपानेले  गरेको मूल्याड्ढन अनुसार लागत पा“च कडोड पुग्ने छ ।
मन्त्रालयबाट विनियोजित ५ लाख र निजगढ नगरपालिकाबाट  रु १० लाख  बजेटबाट जनसहभागिता सहित काम भईरहेको अध्यक्ष तिमल्सिनाले जनाए ।
सडक निर्माणलाई स्थानीय बिकास  मन्त्रालय को जगेडा कोषबाट निजगढ नगरपालिका मार्फत प्राप्त रकम रु. ३० लाख र ३० प्रतिशत उपभोक्ताबाट जम्मा गरि काम सञ्चालन गर्ने उपभोक्ता समिमिले निर्णय गरेको जनाएको छ । समितिले एक वर्ष भित्र तीन सय मिटर पक्की ढलान गर्ने योजना बनाएको छ । यो नगरपालिका भित्र बनेको सबैभन्दा चौडा सडक भएको समितिले जनाएको छ । सडकको चौडाइ ३० फिट र पक्की ढलान २४ फिट रहेको उपभोक्ता समितिका अध्यक्ष तिमल्सिनाले बताए ।

Post a Comment

 
Top