0

निजगढसमाचार, निजगढ
कुशल ब्यवसाय तथा परामर्श केन्द्र निजगढद्धारा सञ्चालित कुशल कम्प्यूटर प्रशिक्षण केन्द्रको आयोजनामा प्रतियोगितात्मक साहित्यीक कार्यक्रम सम्पन्न भएको छ ।
बाराको निजगढ नगरपालिका–९ स्थित प्रशिक्षण केन्द्रको शभाहलमा ‘आजको प्रविधिको युगमा कम्प्यूटर शिक्षाको महत्व’ विषयमा आयोजित बक्तित्वकला कार्यक्रममा रेलिमाया स्या·तान प्रथम भएकी छिन् । त्यस्तै चन्द्रमणी सञ्जेल दितृय भएका छन् भने युग बहादुर गोले तृतिय भए ।
त्यस्तै कविता, गजल र गित विद्या अन्र्तगत तिलक राना उत्कृष्ठ भए । उनले गित गायका थिए । कार्यक्रममा प्रथम भएका विद्यार्थीले केन्द्रको कुनै पनि कोर्षमा ५० प्रतिशत छुट पाउने भएका छन् । त्यस्तै दितृयले २५ प्रतिशत र तृतिय भएकाले १५ प्रतिशत छुट पाउने भएका छन् ।
कार्यक्रममा सन्तोष पौडेल, लक्की उप्रेती लगायतले साहित्य रचना सुनाएका थिए ।
  बक्तित्वकला प्रतियोगितामा गौरीशंकर उच्च मावि निजगढ–८ र गौरीशंकर मावि सडक टोल र सोहि केन्द्रका ८ जना विद्यार्थी सहभागि थिए ।
प्रतियोगितामा लक्ष्मण खनाल, होमनाथ बन्जरा र लोकबहादुर खुलालले निर्णायक    थिए । कार्यक्रमको सञ्चालन जुगलकिशोर लामिछाने र बोधनाथ चौलागाईले गरेका थिए ।
गौरीशंकर उच्च मावि निजगढ–८ का प्रार्चाय सुदर्शन कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम केन्द्रका निर्देशक सरोज कोईरालाको सभापतित्वमा भएको हो ।
कार्यक्रममा अभिभावक संघ बाराका अध्यक्ष केदार गौतम, निजगढ समाचार साप्ताहिकका कार्यकारी सम्पादक महेश अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका     थिए ।
कार्यक्रमका बक्ताहरुले आधुनिक युगको प्रविधिको अधिकत्तम उपयोग गरेर आत्मनिर्भर बन्न सुझाव दिएका थिए । कम्प्यूटर र ईन्टरनेटको फाईदालाई ब्यवहारमा उतार्न सके आफु र समाजको लागि योगदान पुग्ने धारणा राखेका हुन् ।

Post a Comment

 
Top