0

निजगढसमाचार, निजगढ, २३ पुस
निजगढ महिला बचत तथा ऋण सहकारी संस्था लि. निजगढ–९ को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला प्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारी बैंक सिमराका सञ्चालक समिति सदस्य अम्बिका चौलागाई, गौरी शंकर क्याम्पस निजगढका प्रमुख रामप्रसाद गौतम, हिमचुली साना किसान कृषि सहकारी संस्थाकी उपाध्यक्ष दुर्गा कोईराला, सप्तरेखी महिला पशुपालन सहकारी संस्थाकी अध्यक्ष सावित्री भारती, महिला चेलीबेटी दुग्ध उत्पादक सहकारी संस्थाकी अध्यक्ष भिममाया लामा, एकल महिला समुह निजगढ नगर अध्यक्ष जिरीमाया बल, निजगढ महिला विकास केन्द्रकी अध्यक्ष गंगा शिवाकोटी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
संस्थाकी अध्यक्ष लिला खनालको अध्यक्षतामा भएको कार्यक्रममा हलोकोदालो कृषि सहकारी संस्थाकी अध्यक्ष अन्जु नेपाली, निजगढ समाचारका कार्यकारी सम्पादक महेश अधिकारी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन संस्थाकी कोषाध्यक्ष शोभा राउत, स्वागत संस्थाकी उपाध्यक्ष मिरा पोख्रेलले गरेकी थिइन् ।
उद्योग वाणिज्य संघ निजगढको सभा हलमा आयोजित साधारण सभामा संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खनालले २० यस आर्थिक बर्षमा २०७१÷०७२ को अन्त्यमा शेयर पु“जी निक्षेप संकलन र कर्जा प्रवाह गरि एक करोड ५४ लाख ३१ हजार तीन सय करोबार गरेको जानकारी दिईन् ।
२०६३ सालमा स्थापना भएको संस्थाले एक हजार छ सय ३२ जना सदस्यको विचमा कारोबार गरेको छ । कार्यक्रममा विभिन्न विद्यामा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top