0

निजगढसमाचार, निजगढ
पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाली किसान आत्मनिर्भर हुनु पर्ने बेला आईसकेको बताएका छन् ।
बाराको निजगढमा हिमचुली साना किसान कृषि सहकारी संस्था लि. को पा“चौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।
भारत लगायत मुलुकसंग परनिर्भर भएकै कारण अहिले भारतले गरेको नाकाबन्दीको समयमा दुःख पाउनु परेको बताउ“दै नेता पौडेलले बल्ल सबैको चेत खुलेको टिप्पणी गरे ।
नेपालीले आफ्नो लागि आफैले संविधान बनाउ“दा नाकाबन्दीको सामाना गर्नु परेको भन्दै विश्वको उत्कृष्ठ संविधान पढ्दै नपढि अधिकार खोसियो भनेर मधेसवादी भनिएका दलहरुले आन्दोलन गर्नुको कुनै अर्थ नभएको पौडेलको भनाई छ । नेता पौडेलले उखु किसानले चिनि मेलबाट भुक्तानी पाउन भोग्नु परेको समस्यालाई आफुले गम्भिर रुपमा उठाउने प्रतिवद्धता जनाए ।

Post a Comment

 
Top