0
खोज्दै आईपुग्यो ससंदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति

निजगढसमाचार, निजगढ
बेला–बेलामा चर्चामा आउने र सेलाउने राष्ट्रिय गौरबको आयोजना हो निजगढमा निर्माण हुने अन्र्तराष्ट्रिय विमानस्थल ।
दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको काम कहा पुग्यो ? यो प्रश्नको उत्तर धेरैको चासोको विषय हो ।
निजगढ आसपासका गा“उ र जिल्लाको मात्र चासो बन्दै आएको यो आयोजना अहिले देशवासीकै चासो बन्न पुगेको छ ।
बैशाखमा गएको महाविनाशकारी भुकम्प पछि यसको आवश्यक महसुस धेरैले गरे र त्यसकै कारण अहिले सबैको चासोको विषय बन्न पुगेको छ ।
यस्तै चासो मेट्न मंगलबार निजगढस्थित उद्योग वाणिज्य संघको शभा हल खचाखच भरिएको      थियो । निजगढ, गढीमाई र कोल्बी नगरपालिकाका स्थानीयवासी र अगुवा यहा“ भेला भएका थिए । ब्यवस्थापिक संसदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आयोजना गरेको अन्र्तकृया कार्यक्रममा उनीहरु सहभागि भएका थिए ।
समितिका सभापति प्रभु साह,समितिका सांसदहरुसहित सहभागि रहेका कार्यक्रममा दोस्रो अन्र्तराष्ट्रिय विमान स्थल आयोजनाका आयोजना निर्देशक देव चन्द्रलाल कर्णले चासोलाई मेटाउने प्रयास गरेका थिए ।
समितिले देशभित्र निर्माणाधिन तीन वटै विमानस्थल आयोजनाको अवस्था बुझ्ने क्रममा अन्तिममा यहा“ आईपुगेका थिए । यस अघि पोखरा र भैरहवामा निर्माणाधिन विमानस्थलको स्थलगत अवलोकन र सरोकारवालाहरुसंग अन्र्तकृया गरेर यहा“ आईपुगेको टोली निजगढमा कार्यक्रम राखेको हो ।
तीन वटै आयोजना मध्ये सर्वाधिक महत्वपूर्ण आयोजना निर्माण पछाडि टोलीले जानकारी गराएको थियो । स्थानीय जनताको सक्रियताकै कारण पोखरा र भैरहवामा विमानस्थलको काम तिब्र गतिमा भईरहेको तर जनताको दबाब नपुगेकै कारण दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल आयोजना पछाडि परेको भन्दै समितिका सभापति प्रभु साहले चिन्ता ब्यक्त गरेका थिए ।
उक्त संसदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति साह, कमलादेवी शर्मा, अमर शर्मा देवराजभार, चुडामणी विक जंगली, जितेन्द्र नारायण देव, भरत बहादुर खड्का, मीनादेवी यादव, राज्यलक्ष्मी श्रेष्ठ, रामचन्द्र साह तेली, अशोक कुमार मण्डल, ललिता कुमारी रेग्मी सहितको टोलीले टागियाबस्तीको स्थलगत अनुगमन समेत गरेको थियो ।
क–कसले के भने ?


         प्रभु साह, सभापति
अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समिति
कुनै पनि ठा“उमा आयोजना सफल हुन त्यस ठा“उका जनताको चासो सबैभन्दा महत्वपूर्ण हुन्छ ।
राष्ट्रिय महत्वका यो योजना निर्माण प्रक्रिया वर्षौदेखिको प्रयास भएपनि केही वर्ष यता यसको गति बढेपनि निरन्तरता नपाउदा विभिन्न बाधा अड्चन आएको उनले बताए । आफु रहेको समितिले निर्माण कार्यको गति कस्तो अवस्थामा रहेको छ । यसका बाधा अड्चन के के हुन । कसरी समाधान गर्न  सकिन्छ । सरकारलाई राय, सुझाव र निर्देशन समेत दिन स्थलगत रुपमा नैं समितिका सदस्य सहितको टोली निजगढ आएको हो ।
यसलाई स्थानीय जनता, सरोकारवालाहरुसंगको छलफलपछि झनै् अन्य प्रक्रिया सहज हुने र यसमा स्थानीयस्तरबाट पनि सरकारलाई भरपूर्ण सकारात्मक सहयोग गर्न सकिने आशा जगाएको र यस्ता अन्र्तक्रिया, छलफललाई आवश्यकतानुसार निरन्तरता पनि दिनु पर्छ ।
  स्थानीयस्तर, सरोकारवाला, बुद्धजीवि, समाजसेवीहरुले सधै सकारात्मक सुझाव दिनुहोस् । मुलुकको एक मात्र काठमाडौंस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलले विमान अवतरण, यात्रु आवत जावत धान्न नसकेपछि विकल्पको रुपमा दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको आवश्यकता महशुस गरि वर्षौ अघिदेखि कुरा चलि रहेकैले प्राविधिक रुपमापनि निजगढमा नैं उपयुक्त देखिएकैले निर्माण गर्न सरकार अघि सरेको हो ।
यो आयोजना किन ढिलो भईरहेको छ ? यसले हामीलाई पनि चिन्तित बनाएको छ । हाम्रो समितिमा सबै पार्टी, सबै क्षेत्रमा सदस्य छन् तर सबैलाई यो आयोजनाको चिन्ता छ । यो आयोजना चा“डो भन्दा चा“डो संचालनमा आउनु पर्छ भन्ने उद्देश्यले हामीले आयोजना निर्देशकलाई नै ल्याएर जनतासंग अन्र्तकृया गराएका हौं । यसबाट हामीले आयोजना कहा“ पुग्यो र स्थानीवासीको बुझाई के छ भन्ने जानकारी पाउन सक्यौं ।
यो कार्यक्रमबाट के प्रष्ट भयो भने हामी सरोकारवाला संसदिय समिति र जनताले सरकारलाई, काठमाण्डौ सुनाउन अझैं पुगेन् ।


देव चन्द्रलाल कर्ण, आ. निर्देशक
दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल, बारा
दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल नेपालको भाग्य र भविष्य हो । केही वर्ष अघि कोरियन कम्पनीले निजगढमा निर्माण गर्ने भनिएको अन्र्तराष्ट्रिय विमानस्थलको रिर्पोट, नक्शा तयार गरि सरकारलाई बुझाएपनि सो अध्यायन प्रतिवेदन पोकोको रुपमा थन्किएको र सो रिर्पोट प्रतिवदेनमा के भनिएको छ । सो कुरा अहिले सम्मपनि बाहिर आउन नसकेकोले सो बारे जान्न र बुझ्न सकिएको छैन् ।
त्यसैले उक्त पोको फुकाउन पछि पर्न नहुने र बेलैमा निरन्तर काम अघि बढाउन संसदको अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाको तर्फबाट आग्रह गर्दछु ।
चार किल्लाका केही सिमाना छुट्याईएपनि केही काम अझै बा“की रहेको बताउदै मुआब्जा र टांगियाबस्ती स्थानतरणको लागि त्यसबेला विनियोजन भएको ५० करोड रुपै“या अन्तिम चरणमा विनियोजन गरिदा काम अघि बढ्न नसकेको र हाल सो कार्यको लागि १ अर्व रुपैया विनियोजन रहेको जानकारी दिए । सम्बन्धित निकायले अहिले सम्म बाहिर ल्याएको प्राविधिक नक्शा र अन्य केही कागजात छिटपूट रुपमा कही कतैबाट फेला पारेको तर् कोरियन कम्पनीले तयार बनाएको अध्यायन प्रतिवेदनहरु थन्किएरै राखिएको छ ।
विमानस्थल निर्माण गर्ने क्रममा वन विनाश, वातावरणिय प्रभाव लगायतका अन्य पक्षको समेत प्राविधिक टोलीले अध्यायन, अनुसन्धान गर्नुपर्ने हुन्छ । यसको लागि स्थानीय जनता, सरोकारवाला पक्ष बिचको सम्बन्ध एक अर्कामा सुमधुर ढंगबाट अघि बढाई रहनु पर्ने छ ।
जयराम दवाडी,  स्थानीयवासी
विमानस्थल निर्माणको नाउमा जनतालाई उचित ब्यवस्था नगरि बिल्लीबाठ नबनाउन पाईदैन् । पहिलेजस्तो अब आयोजना अन्तै जान्छ कि भनेर चिन्ता गर्नु पर्ने अवस्था छैन् । पहिले जो नेतृत्वमा आयो उसले त्यतै आयोजना लैजाने कुराले यो आयोजना पछाडी परेको भए पनि अब प्राविधिक रुपमा नै यहा जस्तो उपयुक्त कहि पनि नहुने भएकाले ढुक्क भएर आयोजना सफल पार्न एक जुट हुनु पर्दछ ।



सुमन लामा,  
टांगिया सरोकार समिति
हामी आयोजनाको विरोधि होईनौं । हाम्रो घरबार कहा“ हुन्छ भन्ने चिन्ता भन्दा पनि यो आयोजना कसरी सफल पार्न सकिन्छ भन्ने हामीलाई पनि चिन्ता लागेको छ । आयोजना अघि नबढ्नुमा राज्यको कमजोरी देखिन्छ ।
कृष्ण बुढाथोकी,  सचिव 
टांगिया सरोकार समिति
राष्ट्रिय गौरवको दोसो अन्र्तराष्टिय विमानस्थल निर्माणको विरोधी कोही नभएको यो मुलुककै भाग्य र भविष्यसंग जोडिएकोले पनि सबै सकारात्मक पक्षमा छन् र हुनु पर्छ । तर राज्यले उचित बासको ब्यवस्था र मुआब्जा बेलैमा दिनुपर्छ । टांगियावस्तीलाई हल्का रुपमा नलिन हामी आग्रह गछौं ।  हामीलाई राज्यले टांगियापरियोजना अन्र्तगत यहा ल्याएर राखेको हो, त्यसबारे नबुझिकनै टिकाटिप्पणी नगर्न हामी अनुरोध गछौं ।
त्यस्तै कार्यक्रममा सार्वजनिक सरोकार समितिका अध्यक्ष एक बहादुर श्रेष्ठ, नेकपा एमाले निजगढ नगर अध्यक्ष दिल बहादुर लामा, नेपाली कांग्रेसका कृष्ण खरेल, राप्रपाका नेता शिव प्रसाद तिमल्सिना, तामागढी साझेदारी वन ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चौधरी, जनजागृती सामुदायिक वनका अध्यक्ष नारायण प्रसाद गौतमल, कोल्बीका गोविन्द पौडेल लगायतले बोलेका थिए ।



Post a Comment

 
Top