0


निजगढसमाचार, निजगढ
नेपाल विद्युत प्राधिकरणले नया“ तालिका सार्वजनिक गर्दै सोमबारदेखि लोडसेडिङ फेरि बढाएको छ । अब हप्ताको ८६ घण्टा बत्ति जाने जनाएको छ । यसअघि हप्ताको ७७ घण्टा बत्ति जाने गरेको थियो ।
नया तालिका अनुसार अब हप्ताको ३ दिन १३/१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ति आउने छैन । समुह नं. ३ निजगढ नगरपालिकाको लोडसेडिङ तालिका  माथि छ ।
नदीमा पानीको बाहाब न्युन रहेको र औद्योगिक क्षेत्रमा पनि बिजुली खपत बढेका कारण प्राधिकरणले लोडसेडिङ बढाएको हो ।

Post a Comment

 
Top