- रामकुमार खड्का ‘अभिवादन’
जीवन र मृत्यु सम्झनु छैन मलाई ।
त्यो तिम्रा चन्चले यौवन भुल्नु छैन मलाई ।।
आखिरी भेटमा के भयो को नी ।।।
फेरी तिम्रो सम्झनाले आशा जाग्छ मलाई ।।।।
किन हो तिमी अर्कै सग नाता गास्यो मलाई छोडेर ।
तिमी सग भएका बाचा, बन्धन भुल्नु छैन मलाई ।।
तिम्रो आशै–आशमा यो मन फाट्दै गाको छ ।
हरेक पलपल यादको झङ्कार बजाउनु छैन मलाई ।।
अध्यारो रातमा तिमीलाई दियो बाल्दै अचेल खोज्न थालेछु ।
भो अब तिमी बैगुनीको साथ लाग्नु छैन मलाई ।।
त्यो दिनमा मलाई छानी मायाको नाटक रच्यो किन ?
हिजो आज छैन किन तिम्रो वैशालु साथ मलाई ।।।
तिमी आउने बाटो कर्नु पुग्छु हेर्दै घरीघरी ।
खै किन हो सधै तिम्रो आशा जाग्छ मलाई ।।
अब त जीवन अन्तिम जस्तो लाग्दै गाको छ ।
तिम्रो मेरो यादहरु अचानक हराए जस्तो लाग्छ मलाई ।।।
सम्झनु विर्सनु दुई पाटाको सिक्का जस्तो भयो जीवन ।
दोष मात्र थोपरी छोडी गयो किन मलाई ।।
कहिले लाग्छ तिम्रा यादहरुको बाटो छेक्न आए भने ।।।
आफ्नै हातले आफैलाई सलाई कोरी जलाई दिन्छु मलाई ।।।।
-निजगढ–९ तेस्रोलाईन
Post a Comment
Post a Comment