0
एकतामा बल हुन्छ । बाराको निजगढमा भने महिला अगुवाहरुमा एकताको अभाव छ । तर निजगढमा त्यो एकताको संकेत देखिन थालेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा निष्कृय रहेका निजगढका महिला अगुवाहरु फेरी दुई साता अघि एउटै मञ्च उभिएर महिला अधिकारको कुरा गरे । तर महिला एकता बनाउ“न कस्ले रोकेको छ ? त्यसबारे पनि छलफल चलाउन आवश्यक छ ।
महिलाहरु हिंसाको सिकार भईरहेका छन् । अघिल्लो साता रतनपुरमा किशोरी बलत्कारको घटना भयो । बलत्कारीलाई जोगाउन राजनीतिक चलखेल भयो । तर अन्र्तपार्टी महिला सञ्जालकै सदस्य पीडित परिवारको घरमा पुगेर मुद्दा फिर्ता लिन दबाब दिएको खबर बाहिर आएको छ । त्यो अत्यन्त दुःखद् खबर हो ।
विवाह पञ्चमीको दिन जनकपुरस्थित रामजानकी मन्दिरमा दर्शनका लागि पुगेकी राष्ट्रपति विद्या भण्डारीमाथि भएको दुब्र्यवहारको विरोधमा आन्दोलनमा आउ“ने महिला अहिले बलत्कारको घटनामा न्याय दिलाउन ‘प्रेसर’ दिन चुकेका छन् ।
निजगढमा आम महिलाहरु आफ्ना अगुवाहरु एउटै ब्यानरमा अधिकारको लागि लडुन भन्ने चाहान्छन् तर त्यसलाई यहा“का अगुवाहरुले आत्मसाथ गर्न सकेका छैनन् । महिला एकता बनाउ“न कसले रोकेको छ ? माऊ पार्टीकै कारण एकता हुन सकेको छैन् भने महिलाहरु अब पार्टी भन्दा माथि उठेर महिला अधिकारको लागि लाग्नु आवश्यक छ ।
बारा निजगढ नगरपालिकाका महिलाहरुले एउटै विरोध ¥याली निकाले र ¥याली पछि आयोजित कोण सभामा एउटै स्वरमा राष्ट्रपतिलाई दुब्र्यवहार गर्नेको विरोध गरे जस्तै यहा“का पीडित महिलाको पक्षमा आवाज उठाउन आवश्यक छ ।
हुन त यहा“का महिला मात्र हैन् हरेक ठा“उका महिलाहरु दलिय हिसाबले विभिन्न पार्टीमा आवद्ध हुन्छन् तर महिला अधिकारको कुरा आउ“दा भने एक हुनु पर्दछ । त्यसका लागि महिलाहरुको अन्र्तपार्टी महिला सञ्जालमा सहभागि हुनु आवश्यक छ ।
राष्ट्रपतिलाई अपमान हुदा“ निजगढका महिलाहरु एक भए जस्तै आगामी दिनमा पनि महिला हिंसाको विरुद्धमा महिलाहरु एक हुनु पर्दछ । महिला मुक्ति आन्दोलनको समिक्षा गर्दै महिला अधिकारका लागि लड्न महिलाहरु एक हुनुको विकल्प नभए पनि त्यो नहुदा“ सम्म महिलाहरु पछाडी पारिन्छ । यसले गर्दा निजगढमा महिलाका मुद्दा राजनीतिक दलको झण्डाको कारण लमलमा परेको      देखिन्छ ।
अन्र्तपार्टी महिला सञ्जाल गठन देखि नै महिलाहरु विभाजन हुदै“ आएका छन् । सञ्जाल गठनमा नेकपा एमालेका महिलाहरुले असन्तुष्टि जनाउ“दै सहभागि नभएपछि सुरु भएको टुटेको महिला एकता अब जोडिन ढिला नहोस् ।

Post a Comment

 
Top