0
सरसफाई अभियान निरन्तरता आवश्यक छ
बाराको निजगढ पूर्वपश्चिम राजमार्गसंग जोडिएको छ । पथलैया–निजगढ सडक खण्डको बालगंगा नदीदेखि भमरा पुलसम्मको राजमार्ग निजगढ नगरपालिकामा पर्दछ । यो राजमार्गको लालबकैया नदीदेखि पूर्व दाया“बाया“ निजगढ नगरपालिका पर्दछ । राजमार्गको दुबै तर्फका बस्तीबाट उत्पादित फोहरका कारण सडक फोहर भएको छ । निजगढ बजार क्षेत्रसमेत पर्ने   यो सडक खण्डमा यो साता दुई पटक सरसफाई कार्यक्रम भयो ।
नया“ वर्ष २०१६ को पूर्वसन्ध्यामा ईसाई समुदायकाले निजगढ बजार क्षेत्रमा सरसफाई गरेको दुई दिन पछि शनिबार राष्ट्रिय सरसफाई अभियानको टोली यहा“ आईपुग्यो । त्यो टोलीमा राष्ट्रिय हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आफैले सडक र सडक पेटिका फोहरहरु उठाए, कुच्चो लगाए । सडक सफा बनाए ।  घर अगाडीका फोहरहरु राष्ट्रिय स्तरका कलाकार आएर टिपिरहदा“ स्थानीय घरबेटी मुखर्दशक बनिरहे । कलाकारले सफाई कार्यक्रममा सहभागि हुन आह्वान गरिरहेका थिए । केहि घरबाट निस्केर कलाकारको अभियानमा सहभागि बने भने अरु भने फोटो खिच्नमा ब्यस्त बने । कलाकार सुन्तलीले स्थानीय महिलाहरुसंग कुरा गरिन् । फोहर नगर्न अनुरोध गर्दै भनिरहेकी थिईन् कि हाम्रो फोहरले हामीलाई खान्छ । हामी तपाईहरुकोमा सधैं आउने होईन्, अहिले आएका छौं, अब तपाईहरुको घर÷पसल अगाडी आफैले सफा गर्नुहोस् र सरसफाई अभियानलाई निरन्तरता दिनुहोस् ।
सुन्तलीको कुरा सुनेर स्थानीयले टाउको हल्लाएका छन् । हुन्छ भनेका छन्, अब पक्कै पनि नगरवासीले सरसफाईलाई निरन्तरता दिनुपर्छ । त्यो निरन्तरता ती कलाकारको सम्मानको लागि पनि हो भने सरसफाई हामी आफ्नै लागि गर्ने हो । सामाजिक सञ्चालमा निजगढको सरसफाई गर्न कलाकार ल्याएको भन्ने बुझाई अनुसार आएका प्रतिकृयालाई पढ्ने हो भने निजगढवासी आफुले गरेको फोहर उठाउन कलाकार ल्याउने भएछन् भन्दै गिज्याईएको छ । यसलाई चिर्न पनि निजगढवासी आफुले गरेको फोहर आफै उठाउन हिच्चकिचाउ“नु हुदै“न् ।
कलाकारसंग स्थानीयले सरसफाई नहुनुमा निजगढ नगरपालिका कार्यालय प्रति दोष थोपरेका छन् । नगरवासीले नगरपालिकालाई दोष लगाएर उम्कन पाउने छैनन् किनकी नगरवासीले फोहर गर्छन् भने पहिलो दायित्व सफा गर्ने पनि उनीहरुकै हो । यति हुदा“ हुदै“ नगरवासीसंग कर दिने नगरपालिका पन्छिन भने मिल्दैन् । नगरवासीको सेवा सुविधाका लागि नै नगरपालिकामा कर बुझाईन्छ । त्यसैले नगरपालिकासंग फोहर ब्यवस्थापनमा नगरवासीले अपेक्षा गर्नु स्वभाविक पनि हो । त्यहि भएर नगरपालिकाले फोहर ब्यवस्थापन गर्ने योजना बनाउन आवश्यक छ । नगरवासीले आफ्नो घरबाट उत्पादित फोहरलाई त्यसको प्रकृति अनुसार छुट्याएर ब्यवस्थापन गर्न चाहान्छन् तर नगरपालिकाले त्यो फोहर घर अगाडी संकलन गर्ने बकेटको ब्यवस्था गर्नुपर्छ । त्यहा“ संकलन भएको फोहरलाई नियमित रुपमा आफ्नो सवारी साधन मार्फत उठाएर निश्चित ठा“उमा संकलन गर्ने ब्यवस्था मिलाउनु पर्छ । नगरपालिका कार्यालयले नगरवासीलाई पूर्णसरसफाई युक्त नगर बनाउन कसरी सहभागि गराउन सकिन्छ । त्यस्तो खाले योजना बनाउनु पर्छ । नगरपालिकाले आफ्ना १३ वटै वडामा रहेका नागरिक वडा मञ्च, टोल सुधार समिति, क्लबहरुलाई समेत सहभागि गराएर पूर्णसरसफाई निजगढ नगर बनाउन सहभागि हुनु पर्दछ ।

Post a Comment

 
Top