0
निजगढसमाचार, निजगढ
बाराको निजगढ नगरपालिका–८ स्थित बकैया सामुदायिक वन क्षेत्रमा ब्यापक वन फडानी भएको छ । तीन सातादेखि रातको समयमा ब्यापक रुपमा वन फडानी हुने गरेको हो । समितिका अध्यक्ष पुरुषोत्तम धितालका अनुसार वन क्षेत्रमा तस्करहरुले साना–ठुला सबैखाले रुख विरुवा काटेर लगेका छन् ।
मधेस आन्दोलन चर्किए देखि सुरक्षा खतराको कारण वन क्षेत्रमा रातको समयमा गस्ति नभएको मौका छोपेर वनमा तस्करी बढेको अध्यक्ष धितालले बताए ।
‘रातको समयमा गस्ति गर्न सकिदैन्, सुरक्षाको खतरा हुन्छ, दिनमा त गस्ति गर्नुका साथै निगरानी पनि बढाईएको छ ।’, अध्यक्ष धितालले भने –‘तस्करी रोक्न सेक्टर वन कार्यालय तामागढीसंग पनि सहकार्य भईरहेको र सामुहिक गस्ति गरिरहेका छौं ।’
सामुदायिक वनको तीन जना हतियार विहीन वन हेरालु र समितिका सदस्यको भरमा वन जोगाउन समस्या भएको उनले    बताए । कसरी अघि बढ्ने भन्ने विषयमा समितिको बैठक बस्ने तयारी भईरहेको समितिले जनाएको छ ।
त्यस्तै राष्ट्रिय वन क्षेत्र र अन्य सामुदायिक वनमा समेत अहिले ब्यापक मात्रमा वन विनास भईरहेको स्थानीयले बताएका छन् । जाडोयाममा दाउराको लागि समेत साना विरुवा बढी विनास हुने गरेको छ ।

Post a Comment

 
Top