0
निजगढसमाचार, निजगढ
बाराको निजगढ नगरपालिका–५ स्थित बागदेवमा संचालित अ‍ैंचो पैंचो बचत तथा ऋण सहकारी संस्था लिं.  पुर्नगठन भएको छ ।
तेस्रो साधारण सभाबाट पुर्नगठित समितिको अध्यक्षमा पुरानोलाई नै निरन्तरता दिदै नारायण प्रसाद गौतम चुनिएका     छन् । त्यस्तै उपाध्यक्षमा सत्या कुमारी चौलागाई, सचिवमा दुर्गा प्रसाद गौतम र कोषाध्यक्षमा गुणराज चौलागाई चुनिएका छन् ।
समितिको सदस्यहरुमा गोपीनी चौलागाई, जयप्रसाद ढुंगाना, रमेश अर्याल, गाविन्द गौतम, शेष प्रसाद गौतम रहेका छन् ।
साधारण सभाले थिल प्रसाद गौतमको संयोजकत्वमा लेखा समिति चयन गरेको छ । समितिमा होमनाथ बन्जरा र भवानी प्रसाद गौतम रहेका छन् ।
संस्थाका अध्यक्ष नारायण प्रसाद गौतमको अध्यक्षतामा भएको साधारण सभामा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघ बाराका अध्यक्ष दिल बहादुर लामा, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हस्त बहादुर लामा, महिला बचत तथा ऋण सहकारी संस्थाका शोभादेवी अधिकारी, बागदेव  दुग्ध उत्पादक सहकारी संस्थाका रामेश्वर प्रसाद अधिकारी, जनजागृती सुन्दर सामुदायिक वन उपभोक्त समुहका सानुकान्छा खड्का लगायत सहभागि थिए ।
सहभागिहरुले साधारण सभाको सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
साधारण सभाले आर्थिक वर्ष २०७१÷०७२ को आर्थिक प्रतिवेदन संसोधन सहित पारित गरेको छ । त्यस्तै आगामी वर्षको अनुमानित आय ब्याय समेत पारित भएको       छ । संस्थाले ४१ लाखको आर्थिक कारोबार गरेर ६४ हजार मुनाफा आर्जन गरेको छ ।
तीन सय ४३ सदस्य रहेको संस्थाले विभिन्न कोषको मिलान गरेर ७ प्रतिशत सेयर बोनस वितरण गर्ने समेत साधारण सभाले निर्णय गरेको छ । कार्यक्रमको संचालन थानेश्वर सापकोटाले गरेका थिए ।

Post a Comment

 
Top