0

निजगढसमाचार, निजगढ
हाल अष्ट्रेलियामा बस्दै आएका बारा निजगढ नगरपालिका–५ का अरुण गौतमको पहलमा यहा“का बालबालिकाले खेलकुद सामाग्री पाएका छन् । अष्ट्रेलियामास्थित राईजिङ्ग नेपाल गु्रप सिड्नीमा आवद्ध अरुणले विदा मनाउन घर आएको मौकामा बारा जिल्ला निजगढ नगरपालिका–५ शहीद हिरालाल स्मृती क्लबलाई खेलकुद सामाग्री सहयोग गरेका हुन् ।
वैदेशिक रोजगारीमा रहेका युवाहरुले आफ्नो खाजा खर्चको पैसाबाट जोगाएर संकलन गरेको रकमबाट गु्रपको पहिलो चरणको कार्यक्रम अन्र्तगतका खेलकुद सामाग्री वितरण गरिएको राईजिङ्ग नेपाल गु्रपका सदस्य अरुण गौतमले बताए ।
अरुणले केहि दिन अघि क्लबका अध्यक्ष भवानी प्रसाद गौतमलाई ११ जोडी जर्सी, तीन थान फुटवल हस्तान्तरण गरेका हुन् ।
वितरण भएको खेलकुद सामाग्री क्लबका आवद्ध बाल खेलाडीले प्रयोग गर्नुका साथै जर्सी भाडासमेत दिने योजना बनाएका छन् । क्लबले जर्सी स्थानीय विद्यालय, अन्य क्लबलाई समेत भाडामा दिने र त्यसबाट संकलित रकमले क्लबमा नया जर्सी तथा आवश्यक खेलकुद सामाग्री खरिद गरेर अन्य क्लबलाई निःशुल्क सहयोग गर्नुपर्ने छ ।
‘एक क्लबले अर्को क्लबलाई सहयोग गर्ने सकुन भनेर हामीले क्लबसंग सम्झौता गरेका छौं ।,’ अरुणले भने–‘यसबाट अन्य क्लबलाई समेत सहयोग पुग्ने छ । यसलाई हामीले निरन्तरता दिन्छौं ।’
नेपाली बालबालिकालाई शिक्षा र खेदकुद सामाग्री सहयोग गर्ने राईजिङ्ग नेपाल गु्रपको उद्देश्य रहेको अरुणको भनाई छ ।

Post a Comment

 
Top