0

निजगढसमाचार, निजगढ, ११ पुस
सरसफाई दुत समेत रहेका चर्चित हास्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको जोडी बाराको निजगढको राजमार्गको सरसफाई गर्न आईपुगेका छन् ।
सरकारले थालेको पूर्वपश्चिम राजमार्ग सरसफाई अभियानलाई सघाउन धुर्मुस–सुन्तलीको जोडी निजगढको सरसफाईमा आएको हो । पूर्वपश्चिम राजमार्गको मध्यमाग नवलपरासीबाट ९ गते सुरु भएको अभियान चितवन, मकवानपुर हुदै“ बाराको निजगढ आईपुगेको हो । यस अघि उनीहरु पथलैयामा पनि सरसफाई कार्यक्रममा सहभागि भएको थिए ।
निजगढको लायन्स चोकबाट सुरु भएको सरसफाई अभियान ट्राफिक चोक सम्म पुगेको थियो । निजगढका राजमार्गमा सरसफाई गर्ने क्रममा सुन्तली र धुर्मुस आफैले फोहोर टिपेका थिए । धुर्मुसले हातमा कुच्चो बोकर फोहर बढार्दै स्थानीयलाई समेत सरसफाईमा सहभागि गराई रहेका थिए ।
धुर्मुस–सुन्तली सरसफाई अभियान २०१५–२०१७ लेखिएको ट्याक्सुट लगाएर हातमा कुचो र मुखमा माक्स लगाएका उनीहरुलाई धेरैले चिन्न हम्मे हम्मे परे पनि सहभागिहरुको अघि अघि पलाष्टिक जन्य फोहर संकलन गर्दै सरसफाईमा सहभागि हुन आह्वान गरेका थिए ।
कलाकारले घर अगाडी र सडकमा सरसफाई गरिरहदा“ स्थानीयहरु भने फोटो खिच्न र कलाकार हेर्नमा नै ध्यान दिईरहेका थिए । सरसफाई आफ्नो लागि हो भन्दै आफैबाट सरसफाईको सुरुवात गर्नुपर्ने धुर्मुसले बताएका थिए । ‘हामीले आज यहा“ अभियान सुरु गरेका छौं, धुर्मुसले भने–तपाईहरुले यसलाई सधैं निरन्तरता दिनुहोला ।’



Post a Comment

 
Top