0
निजगढसमाचार, रतनपुर
बाराको निजगढ–१२ कोलगा“उमा संचालित क्रियाशील बचत तथा ऋण सहकारी संस्था लि. चौथो वार्षिकोत्सव सम्पन्न भएको छ ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला प्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कारणमा विभिन्न ब्यक्तिलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष ईद्रलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सुनखरी कृषि सहकारी संस्थाका अध्यक्ष सन्त बहादुर दाहाल, माधव खतिवडा, मान बहादुर लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सियाराम कु“वरले लेखा प्रविदेवन, संस्थाका सचिव एस बहादुर स्या·तानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उत्कृष्ठ ऋण करोबार गर्ने देवी रिजाल, मुद्धती तर्फ दिलमाया थोकर, दैनिक बचत तर्फ सवनम थि·, चल्ती बचत तर्फ धनमाया गोले तामा·, उत्कृष्ठ कर्मचारी सम्झना बुढाथोकी सम्मानित भएका छन् । त्यस्तै स्थानीय धन बहादुर ग्याल्बा सम्मानित भएका छन् ।
सरस्वती प्राथमिक विद्यालयका प्रअ दिनेश कुमार गुरो, स्थानीय समाजसेवी लोकनाथ अधिकारी, धन बहादुर खुलाल, पत्रकार महेश्वर अधिकारी लगायतका सहभागि रहेको कार्यक्रमको संचालन ज्ञान बहादुर गोलेले गरेका थिए ।
संस्थाले छ सय ३३ सदस्य विच ६६ लाख २८ हजार ७ सय कारोबार गरेर एक लाख ५० हजार तीन सय ७९ रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

Post a Comment

 
Top