0
कांग्रेसद्धारा बहिस्कार, माओवादीलाई निम्तो पुगेन
निजगढसमाचार, निजगढ
गौरी शंकर क्याम्पस निजगढ नगरपालिका भित्रको एक मात्र सामुदायिक क्याम्पस हो । नौं वर्ष अघि स्थापना भएको क्याम्पसले भर्खरै ९ औं वार्षिकोत्सव मनाएको छ । 
आफ्नै भवनमा संचालन थालेको क्याम्पस भवन निजगढवासीले दिएको दान रकमबाट बनाईएको हो । 
७ वर्ष अघि कलेज भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको सप्ताह महायज्ञमा स्थानीयबाट करोडौं दानको घोषणा भएको थियो ।
घोषणा भएको दान रकमबाट केही प्रतिशत मात्र उठेको छ । अरु दान रकम अझैं उठ्न नसकेपछि कलेज ब्यवस्थापनले दाता खुसी पार्ने नया“ जुक्ति प्रयोग गर्दै आएको छ ।
महायज्ञ अवधिमा नै दान गरेर सम्मान पाईसकेका दातालाई रकम चुक्ता गरेपछि पुनः दोसल्ला, रकम अनुसार ताम्र पत्र र कदर पत्र सहित भिआईपीबाट सम्मान गर्ने योजना अनुसार यो वर्ष वार्षिकोत्सवमा भुतपूर्व प्रधानमन्त्रीलाई निम्त्याईएको थियो ।
दाता खुसी पारेर रकम चुक्ता गराउन सम्मान कार्यक्रमलाई जोड दिदै“ नेकपा एमालेका वरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालको हातबाट दाता सम्मान गरिएको छ ।
महायज्ञमा २८ लाख १ हजार एक रुपैया रकम दान गर्ने नन्दीकिशोर र माधव न्यौपाने सहित उनको परिवार र अन्य दाताहरुलाई समेत नेता खनालले दोसल्ला र कदर पत्र सहित सम्मान गरेका थिए । 
एउटै महायज्ञको दान गरेर दुई पटक सम्मान गर्ने चलन भद्धा भएको कार्यक्रममा नै टिप्पणी सुनिएको थियो । 
खनालले विरुवामा जलसेरचन गरेर वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै दाताको दाताहरुले शिक्षा जस्तो क्षेत्रमा खुलेर दान गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा राजनीनिक भाषण गर्दै खनाले नेकपा एमाले मधेस विरोधी पार्टी नभएको दाबी गरे्का थिए । मधेसका सामान्तीहरुले आफ्नो अधिकार खोसिएको महसुस गरेर एमाले मधेस विरोधी भनेर प्रचार गरेको बताएका थिए ।
मधेस आन्दोलन र नाकाबन्दीका बारेमा पनि नेता खनालले तिखो प्रहार गरेका थिए । मधेसवादी दलका नेताहरुसंग पुरा हुन नसक्ने माग राखेर आन्दोलन गर्नुको कुनै औचित्य नै नभएको बताएका थिए ।
कार्यक्रममा बोल्दै बारा क्षेत्र नं. ६ का सभासद पुरुषोत्तम पौडेलले नया संविधान विश्वको उत्कृष्ट संविधान भएको बताए । उनले मधेसवादी दलका नेताहरुले भ्रम सृजना गरेर जनतालाई अनाहकमा आन्दोलनमा उतारेको पनि बताए । 
    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद गौतम, गौरीशंकर उमाविका प्राचार्य सुर्दशन कोइराला, पुर्व गाविस उपाध्यक्ष अम्बिका चौलागाई, राप्रपा नेपालका शिवप्रसाद तिमल्सिना, रामसपार्टीका मजहर मन्सुर लगायतले बोलेका थिए । 
  क्याम्पसका लेखापाल दिपक श्रेष्ठले आयव्याय र गोविन्द अधिकारीले शैशिक्ष विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन बोधनाथ चौलागाईले गरेका थिए । 
त्यस्तै वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई समेत प्रमाणपत्रले सम्मान गरिएको थियो । 
कांग्रेसद्धारा बहिस्कार
निजगढसमाचार, निजगढ
कलेज भवन बनाउन आयोजना गरिएको महायज्ञमा एक ठा“उमा देखिएका निजगढका राजनीतिक दलका नेताहरु अहिले वार्षिकोत्सव कार्यक्रमको भने बहिष्कारमा लागेका छन्  ।
क्याम्पसको वार्षिकोत्सव कार्यक्रम नेपाली कांग्रेस निजगढ नगरकमिटीले बहिष्कार गरेको छ ।
निजगढसमाचारसंग कुरा गर्दै नगर संयोजक सुरेश खनालले कार्यक्रम बहिष्कार गरेको स्वीकार गरेका छन् ।
क्याम्पसलाई नेकपा एमालले राजनीति गर्ने थलो बनाएकाले कार्यक्रम बहिष्कार गरेको कांग्रेसले जनाएको छ ।
कार्यक्रम गर्दा सबैसंग छलफल गरेर विगतमा भएका कामको समिक्षा गर्नुपर्नेमा एकलौटी रुपमा कार्यक्रम गरिएकाले बहिष्कार गरेको खनालले बताए ।
‘महायज्ञ भएको यतिका वर्ष भईसक्दा समेत दान रकम किन उठेन ?’, खनालले भने –यसको किन समिक्षा गरिदैन् ?’ क्याम्पसमा भएको राजनीतिकै कारण दान रकम उठ्न नसकेको खनालको बुझाई छ ।
त्यस्तै कार्यक्रममा एकिकृत नेकपा माओवादी र नेकपा–माओवादीको पनि सहभागि     थिएनन् । 
कार्यक्रम पार्टीका प्रतिनिधि नदेखिए पछि कार्यक्रम बहिष्कार गरेको हो भन्ने प्रश्नमा एमाओवादी नगर संयोजक बेनी बहादुर मुक्तानले आफुहरुलाई पत्र नै नआएको प्रतिकृया दिएका छन् । 
कार्यक्रमको प्रमुख अतिथिको विषयमा छलफल भए पनि कार्यक्रममा भने निम्तो नगरिएको मोक्तानको भनाई छ ।
कार्यक्रममा शिक्षा विभागकै प्रमुख अतिथि ल्याउने भनेर निर्णय गर्न अनुरोध गरे पनि निर्णय नगरेको कारण शिक्षा मन्त्री ल्याउन नसकिएको बताए ।
माओवादीले शिक्षा मन्त्री लिलामणी पोख्रेललाई ल्याउने योजना बनाए पनि कलेज संचालन समितिले निर्णय नगरेको कारण ल्याउन नसकिएको स्रोतले बताएको छ ।
यसैविच क्याम्पस संचालन समितिका अध्यक्ष एक बहादुर श्रेष्ठले सबै पार्टीलाई पत्रचार गरिएको बताएका छन् ।
‘पत्र ‘मिसयूज’ भएको हुन सक्छ तर हामीले सबैलाई पत्रचार गरेर निम्तो गरेका छौं ।,’–अध्यक्ष श्रेष्ठले भने–क्याम्पसमा राजनीति हुन्छ भन्नुको कुनै अर्थ राख्दैन् ।’
प्रमुख अतिथिको विषयमा शिक्षामन्त्री पोख्रेल ल्याउने विषयमा एमाओवादीसंग छलफल भए पनि मन्त्रीले समय दिन नसक्ने भएपछि पूर्वप्रधानमन्त्री खनाललाई बोलाईएको छ ।

Post a Comment

 
Top