0
निजगढसमाचार, निजगढ
अग्रेजी नया“ वर्ष सन् २०१६ को पूर्वसन्ध्यामा बाराको निजगढमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
ईसाई समाज बाराको आयोजनामा निजगढ उद्योग वाणिज्य संघको सभा हलमा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनालले भगवन नेता र अनुयायीहरु चेला भएको बताएका छन् ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै अध्यक्ष खनालले संविधानले धार्मिक स्वतन्त्रा दिएको भन्दै सकारात्मक भावना, सोच, सद्भावका साथ एकले अर्कोलाई अकर्षित गर्ने कसैलाई बन्देज नभएको बताए ।
साविक निजगढ गाविसका निर्वतमान अध्यक्ष एक बहादुर श्रेष्ठले जसले जसरी परिभाषा गरे पनि ईश्वर एउटै भएको भन्दै धार्मिक सद्भाव कायम राख्न सबैको महत्वपूर्ण भुमिका हुने उल्लेख गरेका छन् ।
नेकपा एमाले नगर संयोजक दिल बहादुर लामाले ईसाई समुदायको विकासका लागि नगरको विकासमा सहभागि हुन आग्रह गरेका थिए ।
शसस्त्र प्रहरी बेस निजगढका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक निरंकार शुक्लाले समाजलाई सुरक्षित बनाउन प्रहरीको सहयोग लिन आग्रह गरेका थिए ।
नेकपा माओवादी क्रातिकारीका गुणराज चौलागाईले सबै धर्मका राम्रा कुराको अनुसरण गर्नु पर्ने भन्दै अनायसै कसैको विरोध गर्नु उपयुक्त नहुने धारणा राखेका छन् ।
पास्टर गोविन्द कोइरालाले शुभकामना मन्तब्य दिदै प्रभु ईसुको बारेमा वर्णन गरेका थिए । कार्यक्रममा समाजका सल्लाहकार निमा लामा,  नेपाली कांग्रेसका महेशी कु“वर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
बारा ईसाइ समाजका अध्यक्ष आमोस कार्कीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य उमेश सुनारको र ईसाइ समाजका सचिव आशिष लामाले संचालन रहेको थियो ।
  कार्यक्रममा युवा संघ बाराका सचिव भिम प्रसाद सापकोटा, सिटिजन्स बैंक  निजगढ शाखा प्रमुख  त्रिभुवन भण्डारी, डुमरवाना साना किसान  कृषि  सहकारी संस्था निजगढ शाखा अध्यक्ष  सिता खड्का लगाय सहभागि थिए ।
कार्यक्रममा पिटर तामा·, राहुल तामा·, अम्रिता लामा, सम्झना तामा·, सलिना श्रेष्ठ, अन्जु परिवारले गीत प्रस्तुत गरेका थिए भने विभिन्न कलाकारहरुले नृत्य समेत पं्रस्तुत गरेका थिए ।
निजगढ नगरपालिकाभित्र  १८ वटा चर्चहरु छन् । नया“ वर्षको अवसरमा पुष ८ गते निजगढ बजार सरससफाई कार्यक्रम आयोजना गरिएको उमेश सुनारले बताए ।

Post a Comment

 
Top