0
निजगढसमाचार, निजगढ
बारा निजगढका गायक दिनेश गौतमले ‘धन’ एल्बम बजारमा  ल्याएका छन् ।
धन एल्बमको मोरी.. बोलको भिडियोले अहिले चर्चा बटुली रहेको छ । आठ वटा आधुनिक तथा गजल समावेश भएको एल्बमको मोरी.. गितको भिडियो समेत तयार भएको हो ।
अनु शाह र आयुष रिजालको अभिनय रहेको भिडियोमा गायक गौतम पनि देखिएका छन् ।  मोरीको पुस्तक प्रसादको कम्पोज गरेका हुन् ।
रविन्द्र बरालले भिडियो निर्देशन गरेका हुन् । यो भिडियो युट्युबमा आठ हजार छ सय पटक हेरिएका छन् ।
एल्बम भिजन नेपाल फिल्म एण्ड ईन्टरन्र्भनले बजारमा ल्याएको हो ।
पैसा कसले  बनायो ....बोलको गितबाट निकैै चर्चा कमाएका गायक गौतमले १५ वर्षे सांगेगितक यात्रामा करिब तीन सय वटा गितमा स्वर भरेका छन् ।
निजगढसमाचारसंग टेलिफोनमा कुरा गर्दै गायक गौतमले आफ्नो सानो देखिको गायक बन्ने सपनामा सफल भएको सन्तुष्ट रहेको प्रतिकृया दिएका छन् ।
‘मैले अब हिन्दी गजल समेत रेकर्ड गर्ने तयारीमा छु,’ गौतमले भने–‘हिजो मात्र एक कार्यक्रममा लाईभ हिन्दी गजल प्रस्तुत गरेको थिए ।’
उनको चर्चित गित पैसा कसले बनायो.. बोलको गितको भिडियो युट्युबमा अठासी हजार चार सय छ्यालिस पटक हेरिएको छ ।
त्यस्तै धनि मान्छे रमायो  बाह्र हजार दुई पच्पन्न पटक, म मान्छे.. थिए गितको भिडियो तीन हजार तीन सय छ्यासी, गल्ती होला.. चार हजार चार सय सत्ताइस, तिम्रो याद.. एक हजार तीन सय चौबिस पटक हेरिएको छ ।
त्यस्तै उनको अर्को गित ए बहार.. दुई हजार दुई सय २७ पटक, गयो राती तीन हजार ९० पटक, भन्दै ए चरी तीन हजार एक सय चौतीस र फुल चुडेर लग्यौ..आठ सय पाच पटक हेरिएको छ । उनका दर्जनौ गितको भिडियो यूट्युबमा भेट्न सकिन्छ ।

Post a Comment

 
Top