0
निजगढसमाचार, निजगढ
बारा निजगढका भोला प्रसाद गौतम बारा जिल्ला भरिका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हुन् ।
शिक्षण पेशामा समेत संलग्न रहेका गौतमको प्रारम्भिक संस्था सगरमाथा बचत तथा ऋण सहकारी संस्था हो । सगरमाथाका अध्यक्ष गौतमलाई अहिले भ्याईनभ्याई छ ।
शिक्षण पेशाबाट मिल्ने छुट्टिको समयलाई सदुपयोग गरेर सहकारी अभियानमा सक्रिय गौतमलाई गत शनिबार निकै भ्याई नभ्याई भयो ।
अधिकांश सहकारीले आफ्नो साधारण सभा शनिबार नै आयोजना गर्ने चलन रहेको छ ।
त्यसै अनुसार पुस ४ गते शनिबार निजगढ नगरपालिकाका दुई वटा सहकारी संस्थाको साधारण सभा भयो । यी दुबै सभाको उद्घाटन गर्ने प्रमुख अतिथि थिए उनै गौतम ।
नेपाल बचत तथा ऋण केन्द्रिय संघको महाधिवेशनमा सहभागि भएर पुस ३ गते राती निजगढ आईपुगेका थिए ।
यी नै साधारण सभाको उद्घाटन गर्न गौतम काठमाण्डौंको कन्द्रिय अधिवेशनको कार्यक्रम नसकिदै निजगढ फर्किएको अध्यक्ष गौतमले बताए ।
एउटै समय सभाको उद्घाटन गर्नुपर्ने भए पछि निजगढ–९ को सेवा बचतको कार्यक्रम केही घण्टा पर सारेर गौतम निजगढ–१० कोल गा“उ हानिए ।
निर्धारित समय भन्दा एक घण्टा ढिलो गरेर सुरु भएको कार्यक्रमको मध्यान्न १२ बजे उद्घाटन गरे ।
औपचारिक कार्यक्रममा प्रमुख अतिथिको भाषण अन्य बक्ताहरुको सकिएपछि हुने भए पनि अर्को कार्यक्रममा पुग्नु पर्ने हतार भएको भन्दै क्रियाशिल बचत तथा ऋण सहकारी संस्थाले स्वागत मन्तब्य राखेपछि प्रमुख अतिथिलाई बोल्ने मौका दिए । गौतमले हातार हतार प्रमाण पत्र, कदर पत्रमा हस्ताक्षर गरे र पुरस्कार वितरण गरेर त्यहा“बाट विदा भए ।
निजगढमा उनकै आग्रहमा केही घण्टालाई सारिएको कार्यक्रम उद्घाटन नै नगरि संचालन भईरहेको थियो । म आउन ढिलो हुने भयो कार्यक्रम सुरु गर्दै गर्नुस भनेर रतनपुरबाट फोन गरेपछि उद्घाटन नै नगरि कार्यक्रम सुरु भएको थियो ।
निर्धारित समय भन्दा करिब दुई घण्टा ढिलो गरेर प्रमुअ अतिथि पुग्दा शुभकामना मन्तब्य राख्ने क्रम चलिरहेको थियो । शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाका मणीश्वर घिमिरेको शुभकामना मन्तब्य सुनेर प्रमुख अतिथिले आशन ग्रहण गरेका थिए ।
त्यसपछि दोस्रो वर्ष अंकित मैन बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुअ अतिथि गौतमले निकै ढिलो गरेर आईपुग्दा पनि आयोजकले स्वीकार गरेको भन्दा धन्यवाद र ढिला भएको भन्दै क्षमा मागेका थिए ।

Post a Comment

 
Top