0
निजगढसमाचार, निजगढ ८ पुस
बारा निजगढ नगरपालिकाका महिलाहरुले राष्ट्रपति विद्या भण्डारीलाई जनकपुरमा गरिएको दुब्र्यवहारको विरोधमा ¥याली निकालेका छन् । एकल महिला निजगढले राष्ट्रपति भण्डारीलाई विधुवा भनि अपमान गरेको गरिएको भन्दै विरोध ¥याली निकालेको हो ।
निजगढको शहिद चोकबाट सुरु भएको ¥याली ट्राफिक चोकमा पुगि पुनः शहिद चोक हुदै“ निजगढ बजारमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सिता मैनालीको सभापतित्वमा भएको कोण सभामा अन्र्तपार्टी महिला सञ्जालकी अध्यक्ष अरुणा विक, महिला नेतृ विष्णु नेपाल, दुर्गा कोईराला, सावित्री भारती, अन्जु नेपाली, एतेन्द्र गौतम लगायतले सम्बोधन गरेको   विरोध कार्यक्रमको सञ्चालन लिला खनालले गरेकी थिईन् ।

Post a Comment

 
Top