0

निजगढसमाचार, निजगढ
बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला प्रसाद गौतमले बारा सहकारी आन्दोलनमा अब र्मजरको आवश्कता रहेको संकेत गरेका छन् ।
सहकारी आन्दोलनले सहकारी संस्थाहरुको बृद्धि गराए पनि गुणात्मकताको कमि हुनु र विभिन्न समस्याका कारण अब मर्जरमा जोड दिनु पर्ने भनाई राखेका हुन् ।  बाराको निजगढ–९ स्थित सेवा बचत तथा ऋण सहकारी संस्था लि. दोस्रो वाषिकोत्सको उद्घाटन गर्दै गौतमले यस्तो बताएका हुन् ।
उद्योग वाणिज्य संघ निजगढको शभा हलमा उद्घाटन गर्दै अध्यक्ष गौतमले सहकारीले गरिवी निवारण  र दैनिक आपूर्तिमा ल्याएको सहजतालाई अब ब्यवसायिक रुपमा विकास गरेर आत्मनिर्भरताको बाटोमा अघि बढ्नु पर्ने धारणा ब्यक्त गरेका हुन् । देशभरि १२ हजार ५०० वटा बचत तथा ऋण सहकारी संस्था र बारामा दुई सय २५ दर्ता रहेको जानकारी दिदै अध्यक्ष गौतमले १७६ मात्र सक्रिय रहेको र त्यसमा एक सय ५७ वटा संघमा आवद्ध रहेको बताए ।
देशले भोगिरहेको नाकाबन्दीबाट परनिरर्भरता उदांगो भएको र सहकारीले ल्याएको ‘आयात प्रतिस्थापन र सामाजिक न्याय’ नारालाई अहिलेको असहज परिस्थितले पुष्टि गरेको बताए ।
सहकारीले सामाजिक हित र सदस्यको हित हुने आर्थिक तथा सामाजिक गतिविधि संचालन गर्नु पर्ने भन्दै सरकारले त्यसलाई जोड दिएको र नेपालको संविधान २०७२ मा समेत प्रष्ट रुपमा सहकारीलाई पनि अर्थतन्त्रको तीन खम्वे नीति अन्र्तगत समावेश गरेको उल्लेख गरे। त्यस्तै अब चाँडै नै बचत तथा ऐन पारित हुन लागेको समेत जानकारी दिदै विध्यक संसदमा पेश भईसकेको बताए ।
भर्खरै सम्पन्न नेप्क्यूनको महाधिवेशनले सरकारले सहकारीलाई लगाउँदै आएको करमा सहुलियत सहित महानगरपालिका भित्रका सहकारीलाई १५ प्रतिशत, उपमहानगरपालिकाका सहकारीलाई १० प्रतिशत र नगरपालिकाका सहकारीलाई ५ प्रतिशत मात्र कर लगाउन नीतिगत रुपमा प्रस्ताव गरेको अध्यक्ष गौतमले बताए ।
सहकारीलाई पन्छाएर कुनै पनि विकाश सम्भव नभएको अध्यक्ष गौतमको भनाई छ । अगामी ३ वर्षमा सहकारी संस्थामा एकरुपमा आउने योजना अनुसार काम भईरहेको जानकारी दिदै अध्यक्ष गौतमले एउटै लोगो, एउटै ब्याज, दर सहकारी बैंकका रुपमा विकास गर्ने योजना भईरहेको बताए ।
अहिले त्यस्तो हुन नसक्दा सहकारीले सदस्यमाथि शोषण गरिरहेको उल्लेख गर्दै सहकारीले १८ प्रतिशत ब्याज र एक प्रतिशत सेवा शुल्क लिएर अन्याय गरेको बताए ।
लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्विका चौलागाईले  निजगढमा रहेका सहकारीहरु मिलेर एकिकृत योजना संचालन गर्नुपर्ने धारणा राखेका थिए ।
गौरी शंकर उच्च माविका प्राचार्य शुर्दशन कोईरालाले सहरकारीले नाफाको लागी मात्र नभई सेवाको भावनाले समेत संचाल गर्नुपर्ने धारणा राखेका थिए । सहकारीमार्फत महिलाहरुको सामाजिक शसक्तिकरण विवरण हो । केही प्रतिशत पर्यटक क्षेत्रमा र सामाजिक क्षेत्रमा लगानी गर्न उनले सुझाव दिए ।
शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मणीश्वर घिमिरेले निजगढका सहकारीले नौलो र रचनात्मक काम गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै निजगढ समाचारका कार्यकारी सम्पादक महेश्वर अधिकारीले सञ्चार संस्था र सहकारीको सहकार्यको बारेमा आफ्ना धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष शुसिल प्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रममा  शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन कल्पना खरेल र ईन्द्र बहादुर खड्काले गरेका थिए ।  संस्थाले एक करोड ५३ लाखको कारोबार गरेर १२ लाख खुद मुनाफा आर्जन गरेको छ । संस्थामा एक सय ३५ जना सदस्य छन् ।
कार्यक्रममा असल बचतकर्ता महिला तर्फ यसोदा बर्तोला र पुरुष तर्फ  शिवलाल धामीलाई सम्मान गरिएको छ ।  त्यस्तै संस्थाले स्थापना गरेको निजगढ सेवा प्रतिभा पुरस्कारबाट कृषि पेशमा ब्यवसायिकरण गरे बापत बागदेवका किसान अमरलाल स्याङ्तानलाई सम्मान गरिएको छ । त्यस्तै २०७१ सालको प्रवशिका एसएलसी परीक्षामा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट भएका छात्र, छात्रका अभिभावकलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top