0
निजगढसमाचार, पथलैया, ७ बैशाख
नियम विपरित विद्यालय संचालकहरु आफैले पाठ्यपुस्तक विक्रि गर्न थालेको खुलासा भएको छ । संस्थागत विद्यालय मापदण्ड तथा संञ्चालन निर्देशिका २०६९ विपरित विद्यालय संचालकहरुले विद्यालयबाटै पुस्तक विक्रि गरेका हुन् ।
निर्देशिकाको परिक्षेद ४ अन्र्तगत शैक्षिक सम्वन्धि ब्यवस्थाको दफा ४ को उपदफा ४ अनुसार विद्यालय आफैले  पाठ्यपुस्तक तथा स्टेसनरी खरीद विक्री गर्न नपाउने कानुनी ब्यवस्था रहे पनि त्यसलाई तत्याउँदै बाराका केही विद्यालयहरूले अहिले धमाधम आफैले किताब बिक्री गरिरहेका छन ।
पुस्तक प्रकाशन गृहबाट पाउने मोटो कमिसनको लोभमा पथलैयाको होली गार्डेन स्कुल, रतनपुरीको एक संस्थागत विद्यालय लगायतले विद्यालयबाटै पुस्तक विक्रि गरि रहे पनि स्थानीय प्रशासन भने मौन देखिएको पुस्तक व्यवसायिहरुले गुनासो गरेका छन् । 
यता जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले आफुलाई व्यसायिहरुले विद्यालयहरु पुस्तक विक्रि केन्द्र भएको भन्दै गुनासो आएको बताउदैँ भोली देखि नै अनुगमन टोली बनाएर अनुगमन गर्ने जानकारी दिनुभयो । अनुगमनका क्रममा भेटिए कारवार्ही गर्ने उहाँको भनाई छ ।
यसैविच नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायि संघ बाराले पनि जिल्ला प्रशासनमा उजुरी दर्ता गर्ने तयारी गरेको छ ।  

Post a Comment

 
Top