किसानको लगानी खेर जान्छ : आयोजना निर्देशक कर्ण
निजगढसमाचार, टाङ्गियावस्ती
विमानस्थल निर्माण क्षेत्रमा स्थानीयद्धारा सिचाईमा करोडौं लगानी गरेको पाईएको छ ।
स्थलगत रिपोटिङ्गको लागि निजगढ समाचारको टोली गढीमाई–१६ टाङ्गियावस्ती पुग्दा स्थानीय सिचाई योजनामा भटभट लगानी गरिरहेका थिए ।
त्यहाँ प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा भएको ढिलाईको कारण बाध्य भएर सिचाईमा लगानी गर्नुपरेको स्थानीयहरु बताउँदै थिए ।
‘धेरैले त सिचाईमा लगानी गरिसके हामी पनि के गर्ने भन्ने छलफल गर्दै थियौं,’ टांगियावस्ती सरोकार समितिका सचिव सुमन थोकरको घरमा पुगेका पत्रकारसंग भने–यो महिना भित्र विमानस्थलको काम अगाडी बढ्यो भने लगानीमा जोखिममा पर्छ कि भनेर छलफल भयो केहि दिन कुर्ने र नभए डिपबोरिङ्ग संचालनमा ल्याउने सोच बनाएका छौं ।
वर्षौ देखि त्यहाँ बिजुली, शिक्षा, स्वास्थ्य, खानेपानी, स्कुल र बाटोघाटो जस्ता आधारभूत मानवीय सुविधाका लागि समेत सरकारी बजेट भित्रिएको छैन् ।
विमानस्थल निर्माण गर्दा बस्ती हटाउनुपर्ने भन्दै सरकारले त्यहाँ सिचाईमा लगानी नगर्दा स्थानीय कृषिमा आश्रित भएर पनि आकाशे पानीको भर पर्नु पर्ने अवस्था छ ।
स्थानीय तिलक जिम्बाले गत पुस महिनामा आफ्नो बारीमा स्थानीय २८ जना किसानबाट ७ लाख ५० हजार रकम जम्मा गरेर डिप बोरिङ्ग संचालनमा ल्याए यता भने स्थानीय सिचाईको लागि लगानी गर्न जुर्मुराएका छन् ।
यहाँ २० भन्दा बढी यस्ता बोरिङ्ग संचालनमा आईसकेका छन् । सिचाईमा स्थानीयको डेढ करोड भन्दा बढी लागानी भईसकेको छ । प्रति किसान २५ देखि ३० हजार जम्मा गरेर बोरिङ्ग संचालन गरिदै आएको हो ।
सिचाईको सुरुवात गरेका तिलक खोज्दै जादाँ उनी बारीमा पानी पटाउँदै थिए । डिपबोरिङ्गबाट पाईप जोडेर चार ईन्चको पानी उनको खेतमा भर्खर पुगेको रहेछ । पहिले यो सिजनमा बाँझो बस्ने बारीको एउटा पाटामा अहिले मकै पाक्न लागेको छ भने अर्को पाटामा भर्खर उम्रिएका मकैमा पानी पटाउने बेला भएको रहेछ । प्रति घण्टा अढाई लिटर डिजेट चाहिने उनको डिपबोरिङ्गबाट सिचाई हुन थालेपछि अन्न उत्पादन बढ्ने भएको छ भने तरकारी खति गरेर नाम कमाएका स्थानीय किसानले राम्रो आम्दानी गर्ने अवस्था आएको तिलकले सुनाए ।
लगानी नगर्नुस् : कर्ण
१६ सय घरधुरी रहेको यो बस्ती सहित १२ सय विगाहा जमिन अधिग्रहणको लागि सरकारी तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजना निर्देशक देवचन्द्र लाल कर्णका अनुसार अधिग्रहणको लागि तयार पारिएको प्रस्ताव नेपाल नागरिक उड्यान प्राधिकरण मार्फत पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पेश भई स्वीकृत भईसकेको छ । ‘पर्यटन मन्त्रायमाफर्त आज नै प्रस्ताव अर्थमन्त्रालयमा पेश भएको छ’, आयोजना निर्देशक कर्णले भने–‘अर्थले स्वीकृती गरेसंगै पर्यटन मन्त्री ज्यूले आगामी मन्त्री परिषद्मा पेश गर्नुहुने छ ।’
कम्तिमा पनि १५ दिन भित्र मन्त्रीपरिषद्बाट निर्णय भई आयोजनाले जिल्ला प्रशासन कार्यालय बारालाई अधिग्रहणको लागि पत्र लेख्ने र प्रकृया अगाडी बढ्ने आयोजना निर्देशक कर्णले बताए । काम अगाडी बढिसकेकाले एक/दुई बालीको लागि सिचाईमा लगानी नर्गन आयोजना निर्देशक कर्णले निजगढसमाचार मार्फत टाँगियाबस्तीका स्थानीयसंग आग्रह गरेका छन् । १५ दिन भित्र त सबै जग्गा रोक्का हुने छ । किनबेच,कित्ताकाट, स्वरुप परिवर्तन समेत गर्न नपाउने गरि निर्णय हुन लागेको अवस्थामा त्यहाँ हुने कुनै पनि लगानी खेर जाने भन्दै कर्णले यस्तो आग्रह गरेका हुन् ।
उचिव व्यवस्थापन होस्
स्थानीयलाई बासस्थानको विकल्प दिएर सरकारले चाँडै विमानस्थल निर्माण सुरु गर्नुपर्ने सरोकार समितिका सचिव थोकर बताउँछन् ।
टाङ्गिया परियोजना अन्र्तगत वि.स. २०३१ सालतिर बृक्षारोपण हेरचाह गर्न विभिन्न ठाँउका सुकुम्बासी, दैविकप्रकोप पीडित तीन सय ५४ घर परिवार त्यहाँ ल्याईएको थियो ।

Post a Comment
Post a Comment