0
निजगढसमाचार, निजगढ
नगर उद्योग वाणिज्य संघ निर्माणको जिम्मेवारी निजगढ–८ शहीद चोकका किराना ब्यवसायि टेकबहादुर लामाको काँधमा आएको छ ।
बारा उद्योग वाणिज्य संघ निजगढ शाखाको शनिवार सम्पन्न छैटौं साधारण सभाबाट ब्यवसायि लामा नेतृत्वको प्यानल निर्वाचित भएसंगै जिम्मेवारी काँधमा आएको छ ।
साविक निजगढ, भरतगञ्ज सिंगौल र रतनपुरी गाविसलाई समेटेर दुई वर्ष निजगढ नगरपालिका कार्यान्वयनमा आए पछि बारा उद्योग वाणिज्य संघ मातहतमा रहेको निजगढ शाखालाई अब ६ महिना भित्र नगर उद्योग वाणिज्य संघमा रुपान्तरण गर्नुपर्ने छ ।
लामा प्रतिष्पर्धा मार्फत निर्वाचित भएका हुन् भने उनका अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मत निर्वाचित भएका हुन् ।
लामासंग विदुरलाल श्रेष्ठले निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । लामाले एक सय ४७ मत ल्याउदा श्रेष्ठले भने ४४ मतमा चित्त बुझाउनु प¥यो ।
संघमा पाँच सय भन्दा बढी ब्यवसायि आवद्ध रहेको भए पनि दुई सय ६४ जनाले दर्ता नविकरण गरेका थिए । संघको मतदान प्रकृया भने एक सय ९२ जना ब्यवसायि सहभागि भए ।
संघको निर्वाचनमा प्यानल खडा गरेर सहभागि भएका लामाका पक्षका प्रमोद सिग्देल  उपाध्यक्षमा, चन्द्र बहादुर न्यौपाने सचिवमा, रबी बर्तौला कोषाध्यक्षमा, सदस्यहरुमा जनक श्रेष्ठ, रामकृष्ण नेपाल, हेमालाल गौतम र अरुण कुमार साह सर्वसम्मत रुपमा निर्वाचित भईसकेका छन् ।
सुरुमा अध्यक्षका मकुन्द लामिछाने र लामा विच प्रतिष्पर्धा हुने देखिए पनि श्रेष्ठले आफुलाई कुनै पनि प्यानलमा नसमेटेको भन्दै उम्मेदवारी दिएका थिए । श्रेष्ठले उम्मेदवारी दिए पछि उनलाई समर्थन गर्दै लामिछानेले उम्मेदवारी फिर्ता लिएका थिए ।
यस अघि साधारणसभाको बारा उद्योग वाणिज्य संघका उपाध्यक्ष कपिलदेव प्रसाद यादबले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनाल, निजगढ गाविसका पूर्वअध्यक्ष एकबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका निजगढ नगर सभापति महेसी कुमर, नेकपा एमालेका अम्बिका चौलागाई, एकिकृत नेकपा माओवादीका निजगढ नगर संयोजक बेनी बहादुर मोक्तान, नेकपा क्रान्तिकारी माओवादीका निजगढ संयोजक रबिराज दंगाल, संघीय समाजवादी फोरमका बुद्धिमान घिसिङ्ग, राप्रपाका सन्तबहादुर राउत, गौरीशंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतम लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा पुराना व्यापारी चन्द्रसिंह लामा र संस्थाको भवनमा निःशुल्क रङ्गरोगन गरिदिने युवा व्यापारी जनक श्रेष्ठलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो ।
संघका अध्यक्ष शम्भु बहादुर बुढोथोकीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मुकुन्द लामिछाने र संचालन विदुरलाल श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top