0

  • भरत घिमिरे ‘निर्दोष’

जीवन वास्तविक संसारको यथार्थता भित्र लहरिने र तरङिने, टुट्ने र गांसिने सौगात हो । आँसु र हांसो बिच खिचिने एउटा क्षणिक तस्बिर हो माया र ममताको अग्लो प्रखाल हो । दुःख र सुखमाझ आफुलाई खियाउंदै पार गर्नु पर्ने ठूलो नदि हो जीवन ।
             समय चक्रले जता घुमायो उतै घुम्दै जस्तो निर्देशन दियो त्यस्तैमा निर्देशित र लक्षित हुँदै रङ्ग मञ्च जस्तै पृथ्वीको एउटा सार्थक कलाकारिता हो जीवन । जीवनको अर्थ निकै गम्भीर तथा निकै कठोर पनि छ । कसैको दृष्टिमा जीवन घाम छाँया होला, कसैको दृष्टिमा कर्कलाको पानी होला, अनि कसैको दृष्टिमा साङ्लो पानी पनि होला जीवन ।
विभिन्न ब्यक्तिको दृष्टिमा जीवन जे भएपनी सहि अर्थमा केही गर्नु र गराउनु अनि यथार्थताको खोजी गर्नु नै जीवन हो ।
           कलाकार हरुको सोचाईमा जीवन रङ्गमञ्च हो भने प्रेमी हरुको लागि प्रेम र रोमान्स हो जीवन। ब्यापारी हरुका लागि व्यापार हो भने नेता हरुको लागि घिनाउंदो राजनिती नै जीवन हो । किसान हरुका लागि जीवन हलो कोदालो हो भने भिखारी हरुका लागि भिख हो जीवन। शिक्षकका लागि अध्यापन हो भने बिध्यार्थिका लागि अध्ययन हो जीवन । 
र हामी हरु जस्तो परदेशी को लागि एउटा मरभुमी हो जीवन । जीवन एकपटक सबैले पाउँछन् र एकैपटक मात्र गुमाउंदछन पाउनु र गुमाउनु बिचको धरातलमा यथार्थ जीवन जिएर जीवन बिताएर अरुलाई केही दिन सक्नु, साहस र भरोसाको प्रती पुर्ती बनी जिउनु नै बास्तबिक जीवन हो ।
–निजगढ, ६ सडकटोल, बारा, हाल–कुबेत 

Post a Comment

 
Top