0
बारा निजगढ–१३ डम्बरपुरका स्थानीयलाई मालपोत कार्यालयका कर्मचारीले केटा–केटी खेलाए जसरी खेलाउन थालेको तीन दशक हुन थालिसकेको छ ।
साविक मकवानपुर जिल्लाको हटिया गाविस १ मा पर्ने डम्बरपुर क्षेत्र ३५ बर्षअघि बारा जिल्लामा गाभिए यता मालपोत कार्यालयका कर्मचारीहरुका कारण स्थानीय नागरिक खेलाउना झैं भएका छन् ।
जिल्ला मालपोत कार्यालय मकवानपुमा तिरो बुझाउन जाँदा बारा पठाई दिने र बाराले मकवानपुर नै रेकर्र्ड भएको तर यहाँ छैन भन्दै नागरिकलाई दुःख दिने काम भईरहेको छ । स्थानीयलाई आफ्नो मालपोत कार्यालय कहाँ हो ? भन्ने जिज्ञासाको जवाफ अब कसले दिने ? कहिले दिने ?
नागरिकको सेवाका लागि बनेका सरकारी अड्डाबाट जनताले दुःख पाउनु पर्ने अवस्था निकै खेद पूर्ण छ । त्यसको अन्त्यको तुरुन्त होस् ।
एक सताब्दिदेखि उपभोग गर्दै आएको र जिल्ला नापी कार्यालय मकवानपुरबाट ०३२ सालर्को सर्भेले दिएको नक्सा, मठ र फिल्ड बुक रहेको नम्मरी जग्गाको लालपुर्जा भने बन्न सकेको छैन् ।
प्रकृया सकेर जग्गाधनी पुर्जा हात नपर्दै बारामा गाँभ्ने  निणर्य भए पछि स्थानीय यता न उताको अवस्थामा पु¥याउने सरकारी निर्णयकै कारण नागरिकले दुःख भोग्नु परेको हो ।
बारा मालपोतले नम्बरी जमिनको मठ र स्रेस्ता कायम नगर्दा स्थानीय ९५ घरधुरी परिवार तिरो नचलेर समस्यामा छन । पुरानो अभिलेखको आधारमा ०४४ सालसम्म यहाको करिव ३० हेक्टर नम्बरी जमिनको पोत मकवानपुर मालले बुझदै आएको थियो । चुरेबाट दक्षिण पानीढलोमा पर्ने उक्त क्षेत्र तत्कालिन सरकारले राजपत्रमा सुचना प्रकाशित गरेपछि ०३५ सालमा बाराको साविक लालमनहर्वा गाविस ९ मा गाँभेको थियो ।

Post a Comment

 
Top