0
निजगढसमाचार, निजगढ, १० बैशाख
गत फागुनमा आएको हावाहुरीले नोक्सान भएको केराको बोटको बारा निजगढका दुई जना किसानले क्षतिपूर्ती रकम पाएका छन् । यूनाईटेड इन्सुरेन्स कम्पनीमा केरा बालीको विमा गराएका किसानले आज विमा कम्पनीबाट क्षेतिपूर्तीको चेक पाएका हुन् ।
निजगढ ९ का किसानद्धय एक बहादुर श्रेष्ठ र गोविन्द प्रसाद खरेललले आज विमा कम्पनीबाट चेक पाएका हुन् । कम्पनीको हेटौडा शाखा प्रमुख रमेश पण्डित चेक बोकेर किसानकै घरमा पुगेका थिए । केराको १४ बोट क्षति भएका किसान खरेलको घरमा पुगेर कम्पनीका शाखा प्रमुख पण्डित र कृषि सेवा केन्द्र निजगढका प्रमुख साधुराम खरेलले चेक हस्तान्तरण गरेका हुन् । खरेलले प्रति बोट दुई सय ५४ रुपैयाका दरले ३४ हजार रुपैँयाको चेक पाएका छन् । त्यस्तै श्रेष्ठको एक सय ५८ बोट केरा नष्ट भएको थियो । उनले पनि आजै चेक पाएका छन् ।

Post a Comment

 
Top