0
निजगढसमाचार, निजगढ, १२ बैशाख
प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीले निजगढमा निःशुल्क पशुधन खोप कार्यक्रम संचालन गर्ने भएको छ ।
कम्पनीले आफ्नो सेवाग्राही किसानले पालेका पशुलाई निःशुल्क चर्चरे र भ्यागुते खोप दिन लागेको हो ।
आइतबारदेखि पशुलाई लाग्ने चर्चरे र भ्यागुते रोगविरुद्धको भ्याक्सिन निःशुल्क दिन लागिएको कम्पनीका स्थानीय प्रतिनिधि रोशन तिमल्सिनाले बताए ।
पशुबिमा कार्यक्रममा किसानको आकर्षण बढाउन भ्याक्सिन कार्यक्रम प्रभावकारी हुने विश्वास सहित कार्यक्रम शुरु गरिएको तिमल्सिनाले बताए ।
सुरक्षाका संवेदनशीलतालाई मध्यनजर गर्दै प्रत्येक पशुका लागि छुट्टाछुट्टै सिरिन्जको प्रयोग गरिएको स्वास्थ्य प्राविधिक अरुणकुमार तिमल्सिनाले बताए ।
पहिलो चरणमा एकसय ५० पशुमा खोप दिइने बताउँदै तिमल्सिनाले बिमा गर्ने पशुधन बढेसँगै खोप कार्यक्रमलाई व्यापकता दिइने जनाए ।

Post a Comment

 
Top