0
निजगढसमाचार, निजगढ
केरा खेती गर्न चाहाने किसानलाई खुसी खबर छ ।
जिल्ला कृषि विकास कार्यालय, बाराले आर्थिक वर्ष २०७२÷०७३ मा केरा पकेट क्षेत्र घोषणा गरेको निजगंढ नगरपालिका भित्र केरा खेती क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा केरा सकर (विरुवा) उपलब्ध गराउन लागेको छ ।
केरा खेती गर्न चाहाने कृषकहरुले बैशाख २१ गते सम्म जिल्ला कृषि विकास कार्यालय कलैयामा निवेदन दिन सकिने कृषि विकास अधिकृत जितेन्द्र यादबले बताए  ।
निवेदन दर्ता गर्न नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
र रु. १० को हुलाक टिकट आवश्यक हुने कृषि विकास अधिकृत यादबले जानकारी दिए ।
यसैविच कार्यालय अन्र्तगत निजगढ सेवा केन्द्रमा अनुदानमा केरा खेती गर्नका लागि ७७ जना फारम बुझाएका छन् ।
त्यस्तै किसान परिचय पत्रको लागि आह्वान गरेको  ८५ जनाको निवेदन प्रप्त भएको सेवा केन्द्र प्रमुख साधुराम खरेलले बताए ।

Post a Comment

 
Top