0

  • एस. पी. न्यौपाने

२०३६ सालमा तत्कालिन पञ्चायति ब्यवस्थाको विरुद्ध संचालित कांग्रेस–बाममोर्चाको जनआन्दोलनले तत्कालिन राजा श्री ५ विरेन्द्र शाहलाई निर्दलिय पञ्चायति ब्यवस्था वा बहुदलिय शासन ब्यवस्था रोज्ने अधिकार जनतामा निहित हुने गरि जनमत संग्रहको घोषणा गरि जनमत संग्रहलाई गराई ब्यवस्था रोज्ने अधिकार जनतालाई सुम्पिएको थियो ।
२०४६ सालमा त्यसै गरि बाममोर्चा र नेपाली कांग्रेसको नेतृत्वमा दोस्रो जनआन्दोलन भयो । त्यसमा पनि तत्कालिन पञ्चायति ब्यवस्थाको नेतृत्व गरिरहेका राजा श्री ५ विरेन्द्रले जनताले पञ्चायति ब्यवस्थालाई नरुचालिएको हुदाँ पञ्चायति ब्यवस्थाको अन्त्य भै बहुदलिय शासन ब्यवस्था स्थापना भएको घोषणा गरिएको थियो ।
२०५१ साल देखि संचालन भएको माओवादी जनयुद्ध भनिएको‘आतंकवादी विद्रोह’ को समयमा संघियताको नाम जोडेर जातीय र भाषिक राज्यद्धारा जनअधिकार स्थापना गर्ने भनि दश वर्ष आतंकवादी विद्रोह रह्यो । र यो विद्रोहले न त जनअधिकार स्थापना गर्न नै       सक्यो रु न त वर्गिय असमानतालाई नै अन्त्य ग¥यो रु यो मात्र कम्यूनिष्टको नामबाट संचालित आतंकवादी गतिविधिमा सिमित रह्यो ।
माओवादी विद्रोह २०५९/२०६० को अन्त्य तिर दलिय सम्झौता मार्फत टुङ्गियो । यो १० वर्ष भित्र ठुलो धनजनको क्षति भयो, र त्यो यहि क्षतिमा सिमित हुन पुग्यो ।
२०६२/०६३ मा अर्को जनआन्दोलन भयो त्यसमा कांग्रेस, बाममोर्चा र माओवादी सहित मिलेर राजतन्त्र विरोधि अभियान चलाए । र त्यो अभियानले अन्ततः माओवादीलाई फाईदा हुन गयो । गणतन्त्र नेपाल भनेर घोषणा    गरियो । त्यस बखत कांग्रेस र बाममोर्चा, माओवादीसंग गासिन     पुगे । उसले जे–जे भन्यो त्यहि मानेर सम्झौता गरियो । त्यो सम्झौतालाई राष्ट्रिय सहमतिको नामाकरण गरियो तर त्यो राष्ट्रिय सहमति थिएन् ।
यसले नेपाललाई उपलब्धि दिनुको साटो जातीय दङ्गा फैलियो, धार्मिक हिंसा चर्कायो र विस्तारै यो आन्दोलन, क्षेत्रिय आन्दोलनको रुपमा विकसित मै बिसर्जनबादको भुमरीमा गएर     टुङ्गियो । माओवादी क्रान्तिकारी, परिवर्तनकारी भनिएको पार्टी टुक्रा–टुक्रा भएर विलय हुदैँ गयो ।
यो पार्टी विलय हुदँै गएपनि उसले छरेको जातीय, क्षेत्रिय र धार्मिक, समावेशी‘विष’ले अहिले जरजर बनाएको छ ।
कुनै पनि जनआन्दोलनले जातीय राज्य वा संघियता माग गरेको थिएन् । यो जनमानसमा नउब्जिएको   ‘नपुंशक’ सन्तान नेपाल आमाको काखमा बलजफती जन्माएको छ । यसलाई नेपाल आमा हुर्काउन बढाउन चाहानन् । किन भने हिजो निरंकुश भनिएका राजामहाराजाहरुले जनमत गराएको देखिन्छ । आफुलाई जनपक्षिय भन्नेहरुले यो नपुशंक सन्तान चाहिन्छ वा चाहिदैन रु अध्ययनको विषय भएको छ ।

Post a Comment

 
Top