0

  • रविराज  दंगाल

शिर्षकको मितिले ठ्याक्कै एक वर्ष पछि आईतबार आम
विनाशकारी भुकम्पलाई सम्झियौं ।  सम्झना त ताजै थियो । सायद सामान्य नजर अन्दाजले त्यो दिनको कल्पना गर्नै सकिदैन् । गोरखाको बारपार्क केन्द्र विन्दु बनाई गएको भुकम्पले हाम्रो समाजमा ठुलो नकारात्मक परिवर्तन भयो ।
जति बेला म आफ्नो कुखरा फर्ममा दानापानी गर्दै थिएँ । त्यो बेला जमिन हल्लिएको अनुभुति हुँदै गर्दा कुखुराले पिउदै गरेको पानीको भाँडोमा पानी छचल्कियो । केहि भाँडा ढले । म दौडिएर बाहिरिदा सम्म चिच्याहट सहित सबैजना घर बाहिर निस्केर खुल्ला ठाँउमा पुगिसकेका थिए ।
त्यो भुकम्पले धेरैको ज्यान लियो । धेरैलाई घरवार विहीन बनायो । विस्तारै समाचारहरु भुकम्पको दृष्यले भरिए ।    
मलाई लाग्यो अब हामी समाचार सुनेर बस्ने मात्र होईन् पीडितहरुको पीडामा मल्हम लगाउन जानु पर्छ ।
तर कसरी ? एक्लो प्रयासले त्यो सम्भव थिएन् । मैले सहकर्मी राजनीतिक दलका नेताहरुसंग कुरा राखे । राजनीतिक दलको संयुक्त राहत संकलन गर्ने मेरो योजना पुरा भएन् । त्यस पछि यहाँको उद्योग वाणिज्य संघ मार्फत गर्ने पहल भयो त्यसमा पनि सफल नभए पछि यहाँका केहि युवा साथी तथा अगुवाहरुसंग छलफल भयो । छलफलले निष्कर्ष निकाल्यो हामी राहत संकलन गर्ने र सम्बन्धित क्षेत्रमा नै पुगेर पीडितकै हातमा राहत पु¥याउने ।
यहाँ सचेत युवा समुह र नेपाल अपाङ्ग सेवा संघ बाराको ब्यानरमा हामी रातह संकलनमा जुट्यौं । तर सरकारले राहत संकलनलाई कडाई गरेको कारण केहि असहज भयो । हामीले हिम्मत हारेनौं । स्थानीय प्रशासनसंग मौखिक रुपमा सल्लाह माग्दा तपाईहरुले राहत उठाउन मिल्दैन, यदी उठाउनु भयो भने त्यो हामीले जफत गर्नुपर्ने हुन्छ भन्ने जवाफ आयो ।
त्यस पश्चात राहत संकलनको शैलीलाई हामीले परिवर्तन ग¥यौं । हामी राहत संकलन खुल्ला ढङ्गमा भन्दा पनि भुमिगत शैलीमा गर्न थाल्यौं ।एक दिन अगाडी सबै ब्यवसायिसंग पसलमै गएर राहत संकलन बारे अनुरोध गरेका थियौं । उहाँहरुले स्वागत गर्दै सहयोग गर्न आतुर रहेको बताएकाले हामीले भोली पल्ट देखि केहि ठाँउमा आफु नगएर गाडी पठाउँदै राहत सामाग्री जम्मा गर्न थाल्यौं । राहत संकलनका क्रममा प्रहरी प्रशासनले पटक––पटक मलाई मोवाईलमा फोन गरि राहत संकलन नगर्न दबाब दिईरहन्थ्यो ।
दबाबको बजदुत पनि स्थानीयको सहयोगको कारण राहत संकलन तिब्र गतिमा भयो । खास गरि हाम्रो अभियानमा अपाङ्ग सेवा संघ मार्फत समन्वय गर्ने आदरणीय दाई धनप्रसाद बजगाई, त्यस्तै हौसला प्रदान गरेर राहत संकलनमा समेत जुट्नु भएका आदरणीय गुरु गौरी शंकर क्याम्पस प्रमुख राम प्रसाद गौतम र हरेक क्षणमा सहयोग, सल्लाह सहित अभिवकत्व प्रदान गर्नुभएका आदरणीय गुरु बोधनाथ चौलागाईको सहयोगी भुमिका स्मरण गर्न चाहान्छु ।
हुन त हामीले राहत संकलन गर्न थाले लगत्तै उद्योग वाणिज्य संघले पनि राहत उठाउन थाल्यो । आफु मार्फत राहत संकलनमा सहभागि हुन दबाब दिईरहेको थियो ।
तर पनि हामीले प्रकृयागत रुपमा लैजानको लागि कागजि प्रकृयामा हामी जटिरहेकै थियौ । त्यसमा शसस्त्र प्रहरी बल निजगढ बेसका प्रमुख अर्जुन सापकोटाको सहकार्य निकै महत्वपूर्ण रह्यो । त्यस्तै जिल्लामा शसस्त्र प्रहरी उपरिक्षक भेष बहादुर थापा सरमार्फत पनि सहयोग भयो । त्यसैको बलमा हामीलाई राहत लैजाने अनुमति पत्र प्राप्त गर्न सफल भयौं । त्यो पत्र निकै गोप्य रुपमा हामीले प्राप्त गरेका थियौं । जिल्ला प्रशासन कार्यालय बाराबाट राती १२ बजे हामीलाई फ्याक्स प्राप्त भएको थियो । हामीलाई आफ्नो उद्देश्य पुरा हुने विश्वास जाग्यो । हामी पत्र प्राप्त गर्ने वित्तिकै काभ्रेको देउपुर ढकाल टोल पुग्ने तयारीमा लाग्यौं । त्यतिबेला सम्म कयौं पटक परकम्प गईरहेकै थियो । भुकम्प गएको पाँचौं दिन पछि हामी राहत बोकेको गाडीमा ११ जना साथीहरु सहित जाने तय भयो । तर हामीलाई गाडीमा हाल्ने डिजेलको समस्या प¥यो । धन्न केहि रकम हामी आफैले उठाउँदा समेत अपुग भयो । निजगढको बिनायक आयल स्टोर्सका संचालक गोपाल श्रेष्ठले उधारोमा तेल दिनुभयो ।
हाम्रो यात्रा सुरु भयो । हामीलाई निजगढमै अवरोध भयो । जिल्ला विकास समितिको कर संकलन केन्द्र (ढाँट) मा रोकियो । राहत बोकेको सवारीलाई समेत छुट भएन् । हामीले उद्योग वाणिज्य संघलाई अनुरोध गर्दा समेत कुनै सुनुवाई नभए पछि कर तिरेरै अघि बढ्यौं । त्यस्तै हेटौडा नपुग्दै राहत त्यहि नै बुझाउँदा राम्रो हुन्छ भन्दै घुमाउरो शैलीमा निजगढकै अगुवाहरुले फोन गरेर मनोवैज्ञानिक दवाब दिईरहेका थिए । नभन्दै हामीलाई हेटौंडामा रोक्ने प्रयास   भयो । हामी संग रहेको अनुमति पत्रको कारण यात्रा रोकिएन् । अगाढी बढ्ने क्रममा चितवन पुग्दा झिमिकै रा प¥यो । भोकले साथीहरुको अनुहार न्याउरो भईसकेको थियो । तर होटलमा खाना खुवाउने अवस्था नभएकाले हामीले सडक छेउमा गाडी किनारा लगाएर दुई किलो चामल र तरकारी किनेर स्थानीयसंग पकाउने भाँडा मागेर खाना पकाएर खाएका थियौं ।
हामिले हाम्रो उद्देश्य विभिन्न  समस्याका बाबजुद पनि सबै अग्रज र मेरा आदरणीय सहयोगी मित्रहरुको निस्वार्थ सेवाभावले सफल पार्यौ । यस विपत्तको संकटमय घडीमा हामीले लिएको उद्देश्यलाई राहत संकलनको दौरानमा सहयोग गर्नुहुने आदरणीय गुरु गौरी शंकर क्याम्पस प्रमुख रामप्रसाद सर, अर्का गुरु बोधनाथ चौलागाईं सर, दाजु धन प्र. बजागाई, विदुर खड्का सहित सम्पुर्ण सहयोगी व्यापारी, किसान, शिक्षक लगायत मित्रहरुमा म स्मरण गर्न चाहान्छु । सचेत युवा समूह तथा नेपाल अपाङ्ग सेवा संघ निजगढले नै संकलन गर्न साथै संकलित राहत सामाग्री सम्बन्धित पीडित समक्ष पु¥याउन सहयोग गर्नुहुने समुहका मेरा मित्रहरु सागर तामाङ्ग, रामकुमार लामा, निर्मल लामा, रमेश कार्की, कृष्ण गौतम, विकल लामिछाने, शंकर मैनाली, रमेशनाथ अधिकारी र सामाग्री पु¥याउन तेलमात्र हालेर गाडी सहयोग गर्नुहुने अति मानविय परोपकारी भाव भएका मित्रहरु जङ्गे राई र दिपक राईलाई फेरी पनि ह्दय देखि नै सलाम ।
विभिन्न समस्याका बिच पनि हामिले संकलन गरेका सामाग्री हाम्रै हातबाट पीडित परिवारमा पु¥याउनको लागि मद्दत गर्ने जिल्ला प्रशासन बारा, सशस्त्र प्रहरीका एस.पि. भेष बहादुर शाह सर, निजगढ बेश क्यामका डि.एस.पि. अर्जुन प्रसाद सापकोटा सर साथै जिल्ला प्रशासन कार्यालय काभ्रेको सहयोग पनि म यति बेला स्मरण गर्न चाहान्छु साथै आभार ब्यक्त गर्न चाहान्छु ।
राहत सामाग्रीलाई काभ्रेको बालुवापट्टी गाविसका (ढकाल बस्ती) २ सय ५० घरपरिवार र गैरिविसौना गाविसका (दलित बस्ती) १ सय घरपरिवार पु¥याउन र वितरण गर्न समेत भक्तपुर देखि आफ्नै खर्चमा दुई वटा गाडी व्यवस्था गर्ने मित्रहरु विरेन्द्र वस्नेत, रमेश ढकाल, गोविन्द घिमिरे, राम प्रसाद ढकाल, जोङ्ग तामाङ्ग, सत्यमान तामाङ्ग, विनोद ढकाल, सगरमाथा टेलिभिजनका जनक गौतम र  त्यस क्षेत्रका युवा मित्रहरुमा हाम्रो समुहले सधैं सम्झिरहने छ ।
हाम्रो कार्यक्रमको विषयमा गलत हल्ला फैलाउनी निजगढका केही बुद्धिजीवी शिक्षकले हामीलाई सचेत गराउनु भई मार्ग निर्देश गर्नुभएको कारण हामीले राहत अभियानलाई सफल पार्न सक्यौं । त्यसैले एक वर्ष पछि पनि हाम्रो तर्फबाट विशेष धन्यवाद ब्यक्त गर्दै हामी सधैं सम्झिरहने छौं ।

Post a Comment

 
Top