0
निजगढसमाचार, निजगढ, १४ बैशाख

सिमरा रङ्गशालामा छायाँड्ढन गरिएको लागु औषध दुब्र्यसनीमा फसेको छोरोको भावनालाई समेटिएको पप गितको भिडियो सार्वजनिक भएको छ ।

पथलैयाका यमन राईले गायको आमाको छोरो.. बोलको गितको भिडियो यूब्ट्यूब मार्फत सार्वजनिक भएको हो । गितमा लागु औषध दुब्र्यसनीमा फसेको छोराले आफु दुब्र्यसनीमा फसे पनि आमा भने अनविज्ञ रहेको भावना समेटिएको छ ।

आमाको छोरो कसरी विग्रियो आमालाई थाहै भएन्..

तर मत नशामा डुविसकेको छु आफु नशामा  छोरो बाहिर निस्कन खोजेको तर नसकेको गित मार्फत भनिएको छ ।

गितमा ब्याकअप ब्याण्डका यमनकै शब्द रहेको छ । गित मार्फत ब्याण्डले एकबारको जीवन यो हाँसेर विताऔं है,कुलतमा फसेर खेर नफालौं न..। भन्ने सन्देश दिएको छ । सुमन तामाङ्गको संगित रहेको भिडियोमा सहयोगीमा किशोर राना र विश्वास बानिया, लिड गिटारमा दिपेश श्रेष्ठ, बेसमा सुर्य गहतराज, ड्रममा सुमन लामा रहेका छन् ।

एनएमआई पोष्ट प्रोडक्सन रहेको भिडियोको निर्देशन सुमन तामाङ्गले गरेका हुन् । पनाम ब्याण्डले सहयोग गरेको भिडियोको निर्देशक बसन्त लामा हुन् ।










Post a Comment

 
Top