0
निजगढसमाचार, निजगढ, १४ बैशाख
कुशल कम्प्युटर प्रशिक्षण केन्द्र निजगढ–९, बारा ले लुकेर बसेका र लुकाएर राखिएका कला साहित्यको प्रस्फुटन तथा जर्गेना गर्ने उद्दश्यले साहित्य कार्यक्रमलाई निरन्तरता दिएको छ ।
साहित्यिक कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरि उत्कृष्ट भएकालाई पुरस्कृत गरिदै आएको छ ।
शनिबार आयोजित तेस्रो साहित्य कार्यक्रममा संगिता कुमारी वि.क. र तथा संचिता घिमिरे परस्कृत भएकी छिन् । केन्द्रका संचालक रामकृष्ण पाण्डेले स्वागत मन्तब्य तथा पुरस्कार वितरण गरेको थिए ।
नव साहित्य मञ्चका अध्यक्ष सरस्वती बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन  याम्बर खत्रीले गरेका थिए । कार्यक्रममा १३ जना प्रतिस्पर्धी सहभागि थिए ।

Post a Comment

 
Top