0

टाङ्गियावस्तीमा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने चर्चा चलेको आधा शताव्दि नाघेको छ । विमानस्थल बनाउँछौं भन्दै त्यहाँ पुगेर नेतादेखि मन्त्रीसम्म पुगिसके । हरेक बजेट भाषणमा विमानस्थलको चर्चा हुन्छ । तर देखिने गरि काम अगाडी बढ्न सकेको छैन् । त्यसो हुँदा अझैं विमानस्थल बन्नेमा ढुक्क हुन सकेका छैनन् । बनिहाले पनि अझैं कति वर्ष पछि हो भन्ने स्थानीयको बुझाई रहेको बुझ्न सकिन्छ ।
यसकै पछिल्लो उद्धाहरण हो स्थानीयद्धारा सिचाईमा गरिएको करोडौंको लगानी । गढीमाई–१६ टाङ्गियावस्तीमा अहिले २५ वटा भन्दा बढी डिप बोरिङ्ग संचालनमा आएका छन् । जुन केहि महिनायता तिब्र रुपमा बढिरहेको छ । स्थानीयले सिचाई योजनामा भटभट लगानी गरिरहेका छन् ।
विमानस्थल निर्माणमा जति ढिलाई हुन्छ त्यहाँ स्थानीय आफैले हरेक क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता रहन्छ । किनकी वर्षौ देखि त्यहाँ बिजुली, शिक्षा, स्वास्थ्य, खानेपानी, स्कुल र बाटोघाटो जस्ता आधारभूत मानवीय सुविधाका लागि समेत सरकारी बजेट भित्रिएको छैन् । विमानस्थल निर्माण गर्दा बस्ती हटाउनुपर्ने भन्दै सरकारले त्यहाँ सिचाईमा लगानी नगर्दा स्थानीय कृषिमा आश्रित भएर पनि आकाशे पानीको भर पर्नु पर्ने अवस्था थियो । सिचाई हुन थालेपछि अन्न उत्पादन बढ्ने भएको छ भने तरकारी खति गरेर नाम कमाएका स्थानीय किसानले राम्रो आम्दानी गर्ने अवस्था छ । तर कहिलेसम्म प्रश्न यहि छ ।
टाङ्गियावस्ती सहित विमानस्थललाई आवश्यक १२ सय विगाहा जमिन अधिग्रहणको अन्तिम तयारी अहिले भईरहेको छ । १५ दिन भित्र अधिग्रहणको सुचना निकाल्ने प्रकृया सकिनै लागेको आयोजनाका प्रमुख बताउँछन् । त्यसैले आयोजना छिटो गतिमा अघि बढाएर स्थानीयको उचित ब्यवस्थापन गर्नुपर्ने बेलामा स्थानीयलाई विमानस्थल चाँडै बन्दैछ भन्ने विश्वास दिलाउन आवश्यक छ । त्यो भनि भाषण गरेर नभई काम गरेर देखाउन आवश्यक छ । त्यसको लागि सबै पक्षले सहयोग गर्नुपर्ने हुन्छ । खास गरि राजनैतिक दल, नागरिक समाजको ठुलो भुमिका रहन्छ ।

Post a Comment

 
Top