0

निजगढसमाचार, निजगढ
जिल्ला वन कार्यालयले वन स्रोतको दिगो संरक्षण र उपयोगको लागि बाराका  ५ सामुदायिक र ४ साझेदारी समुहमा यो बर्षबाट वैज्ञानिक वन व्यवस्थापन शुरु गरेको छ ।
निजगढको जनज्योति, बकैया ठाकुर, रतनपुरीको जनमुखी, भरतगंजसिगौलको जनप्रिय, सिमराको थानीमाई सामुदायिक र तामागढी, सहजनाथ तथा हलखोरिया साझेदारी वनकोे करिव ७ हजार हेक्टर क्षेत्रफलमा साल वनको वैज्ञानिक व्यवस्थापन कार्य शुरु भएको हो । व्यवस्थापनको लागि वन कार्यालयले समितिमा आवश्यक आर्थिक र प्राविधिक सहयोग पुर्याउदै आएको छ । वन स्रोटको उचित व्यवस्थापन अभावमा उपभोक्ता र राष्ट्रले समेत पर्याप्त लाभ लिन नसकेको गुनासो बढिरहेको बेला जिल्लामा शुरु भएको वैज्ञानिक व्यवस्थापनबाट सरकारी राजश्व र स्थानीयको आय समेत वृद्धि हुने शंभावना छ ।

Post a Comment

 
Top