0
निजगढसमाचार, निजगढ
निजगढ नगरपालिका भित्र तीन वटा झुलुङ्गे पुल बनाउन प्रस्ताव गरिएको छ । दुई वटा पुल पर्यटकीय प्रवद्र्धनको लागि जोड दिदै निजगढ नगरपालिका –३ अन्र्तगत मोहरीस्थित गणेशमान पार्क–उत्तरी लाल जोड्ने पुल र लालस्थित गुम्बा–मन्दिर जोड्ने गरि पुल निर्माणको लागि प्रस्ताव गरिएको छ ।
पर्यटकीय क्षेत्रको विकास गर्दै हिन्दु र बौद्ध धर्मलाई एक आपसमा जोडि रमणीय आकर्षण गर्ने उद्देश्यले कृष्ण मन्दिर–साम्तेलिङ्ग गुम्बा करिब एक सय मिटर लामो  झुलुङ्गे पुल निर्माणको लागि अध्ययन सुरु भएको छ ।
गणेशमान पार्क–उत्तरी लाल जोड्ने पुल भने एक वर्ष भित्र संचालनमा आउने भएको छ । बजेट निकाशा भई निर्माण सामाग्री समेत झरि सकेको अवस्थामा पहिला प्रस्तावित ठाँउमा बनाउँदा काठमाण्डौं तराई दु्रत मार्गमा पर्न गएकाले केहि पर सारिएको हो । करिब दुई सय ५० मिटर उत्तर सारिएको पुल निर्माण स्थानीय विकास मन्त्रालय मार्फत हुन लागेको हो ।
एक सय २० मिटर लामो पुल निर्माण हुदाँ उत्तरी लालका स्थानीय लाभान्वित हुने छन भने लालको पर्यटक–गणेशनमान पार्क सम्म पुग्न सहज हुने निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनालले बताए ।
हालै जिल्ला विकास समिति बाराका स्थानीय विकास अधिकारी नारायण प्रसाद पाण्डे लगायतको टोलीले अनुगमन गरेको छ ।
त्यस्तै निजगढ–१० लाल जोड्न बकैया खोलमा झुलुङ्गे पुल बनाउन प्रस्ताव गरिएको छ । वर्षायाममा सम्पर्क विच्छेदको अवस्थामा रहनु पर्ने बाध्यता हड्ने छ ।
त्यस्तै मकवानपुर र रौतहटलाई बारासंग जोड्ने निजगढ–३ सिंगौलस्थित  त्रिवेणी (पिपलटार) मा धन्सार खोलामा झुलुङ्गे पुल बनाउन प्रस्ताव योजना छ ।
एक सय २८ मिटर लामो पुल बन्दा त्यहाँबाट पढ्न आउने विद्यार्थी र किनमेल गर्न आउने स्थानीयलाई सहज हुने छ ।

Post a Comment

 
Top