0

निजगढसमाचार, बारा, १९ वैशाख
आज मे १ अर्थात १२७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइद“ै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दै मे १ मनाउन लागेका हुन् ।  
दिवसकै अवसरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन माहासंघ भोजपुराको आयोजनामा बाराको जीतपुरमा सडक ¥याली निकालिएको छ । ¥यालीमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य समिर भट्टराई, राजन पौडेल, विद्यार्थी नेता रविराज दंगाल लगायत मजदुर नेता तथा विभिन्न उद्योग, प्रतिष्ठानका मजदुरहरुको उल्लेख्य सहभागिता रहेको छ ।
८ घण्टा काम, ८ घण्टा आराम र ८  घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।
१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ । तर यस दिनलाई विसं २०६४ बाट मात्र आधिकारिक विदाको रूपमा घोषणा गरिएको हो ।

Post a Comment

 
Top