0
निजगढसमाचार, निजगढ
बारा निजगढ नगरपालिका–७ औतारटोलका नवराज लामाका ६ बर्षिय छोरा टासी लामाको उपचारमा सहयोग गर्न अपिल गरिएको छ ।
किडुनीमा ट्युमर भई दिल्ली स्थित राजिव गान्धी हस्पिटलमा उपचारत उनको उपचारको लागि आर्थिक सहयोग गर्न अपिल बालकका बुवा नवराज लामाले अपिल गरेका हुन् ।
उपचारमा आर्थिक अभाव भएकाले देश विदेशमा रहेका निजगढवासी तथा सहयोगी मनहरुलाई सहयोगको अपिल गरिएको हो ।
निजगढस्थित होली एन्जल्स हाईयर ई. बो. स्कुलमा कक्षा २ मा अध्ययनरत टासीको उपचारको लागि करिब १५ लाख खर्च आग्ने अनुमान गरिएको छ ।
बालकको उपचारका लागि सहयोग गर्न तपाईहरुले सिधै उनका बुवा नवराज लामाको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रहेको खाता न. ००१०१०९०२५१०१३ रकम जम्मा गर्न सक्नु हुने छ । त्यसै गरि निजगढको लागि रविराज दङ्गालको मो. ९८५५०६८४३३ र विदुर खड्काको मो. ९८४५६१५११८, ९८१३६२५१६१ मा सम्पर्क गर्न सकिने छ ।

Post a Comment

 
Top