0

  • मधु तिमल्सिना

वि.स. १९९१ मा भारतको बनारसमा अध्यारत नेपालीहरुले नेपाल मा निरकंश जाहानीय राणा ासनको अन्याय, अत्याचारको विरुद्ध एक भई लड्न नेपाली छात्र संधको स्थापना गरि प्ररम्भ गरे । यसै क्रममा वि.स. १९९७ साल माघ १६ गते त्रि–चन्द्र क्याम्पसका विद्यार्थी नेता गंगालाल श्रेष्ठलाई शोभा भगवनतिमा झण्डाइ। राणाशासनकले फाँसी दिए । यसरी विद्यार्थी आन्दोलनका क्रममा विस.स. २००३ सालमा प्रजातन्त्र स्थापनाको प्रमुख लक्ष्य लिएर नेपाली कांग्रेस स्थापना भयो । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा राणा शासन अन्त्य गर्ने आन्दोलन देखि २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको घाँटी निमोठ्दा सम्म विद्यार्थीहरु संघर्षरत रहे । यसै क्रममा कांग्रेसको सिद्धान्त र नीतिलाई अवलम्बन गर्ने विद्यार्थी समुदायको आवश्यकता महशुस गरि राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकताको आदर्श बोकेर अनवरत संघषै गर्ने तरुण विद्यार्थीले विद्यार्थीहरुको भेला भएर प्रजातन्त्र प्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको साझा शैक्षिक सवालको बारेमा कुरा उठाउने एक विश्वसनिय संगठनको आवश्यकता महसुस गरि २०२७ साल बैशाख ६ गते स्थापना भएको विद्यार्थी संगठनको नाम हो–नेपाल विद्यार्थी संघ ।
झण्डाको अर्थ 
रातो पृष्ठभुमि : क्रान्ति
सेतो गोलाकार : शान्ति
कलम       : चेतना
मसल       : विद्रोह
पञ्चायतको विरुद्धमा संघर्षरत अवस्थामा जेल परेका अरुणहरुले जेलभित्रै झण्डाको नक्सा तयार पारि २०२७ साल वैशाख ६ गते स्वयम्भु सतल वरिपरि भेला भएका र देशभरबाट आएका दुई सय प्रतिनिधिहरुमाझ भर्खरै जेलबाट रिहा हुनुभएका नेपाली कांग्रेसका संस्थापक नेता श्री कृष्ण प्रसाद भट्टराईले सम्मेलन उद्घाटन गर्नुभएको थियो । भोलिपल्ट दोस्रो दिन पशुपतिको राम मन्दिरमा भएको बन्दसत्रले संगठनको घोषणा पत्र विद्यान पारित गर्दै संगठनको नाम नेपाल विद्यार्थी संघ राख्ने निधो    ग¥यो । विपी कोईराला पहिलो अध्यक्ष निर्वाचित हुनुभयो । प्रहरीको ब्यापक धरपकडका बावजुद् पनि सम्मेलन सफल भए पछि गिरफ्तार गरिएका विद्यार्थीहरुलाई थुनुवा पुर्जी दिईयो । तर अदालतले विद्यार्थीहरुको पक्षमा फैसला दिए पछि सम्पूर्ण विद्यार्थीहरुलाई रिहा गर्न कायर सरकार बाध्य भयो ।
विद्यार्थी आन्दोलन
२०२६ असार १२ मा त्रिभुवन विश्वविद्यालयको विद्यार्थी युनियनको चुनाबमा प्रजातान्त्रिक पक्षका सम्पूर्ण पदाधिकारीहरु निर्वाचित भए । उक्त निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष देवेन्द्रलाल नेपाली, उपाध्यक्ष बालमकुन्द जोशी, महामन्त्री अर्जुननरसिंह केशी लगायत    हुनुहुन्थ्यो । २३ असार २०२६ मा बसेको बैठकले त्रि.वि.मा अध्ययनरत छात्र रामचन्द्र पौडेललाई विनाकसुर नजरवन्धमा राखेकोमा खेद प्रकट गरि उहाँलाई तत्काल रिहा गर्न तत्कालिन शिक्षा मन्त्री बासुदेव ढुंगानासंग माग ग¥यो  । त्यसपछि ‘उत्तरी सिमानामा रहेका चेकपोष्टमा रहेका भारतीय अधिकारीहरु हटाउनु पर्छ, नवलपरासी जिल्लाको सुस्ता नेपालको हा र त्यसैले उत्तरी भागबाट बढ्दै आफ्नो सैनिक सुरक्षा र दक्षिण सिमाना रेखाड्ढन होस’ भनि २०२६ असार २४ गते वक्तब्य  जारी    ग¥यो । पञ्चेसरकारले यसलाई नै उपराध ठह्याई विद्यार्थीहरुलाई गिरफ्तार ग¥यो । २९ असारमा त्रि–चन्द्र कलेजको कम्पाउण्ड भित्र प्रवेश गरि प्रहरीले पाँच सय भन्दा बढी विद्यार्थीहरुलाई लाठी प्रहार गरि घाईते बनायो । देशभरबाट यस घटनाको विरोधमा आन्दोलन      भयो । श्रावण ७ गते राती ९ बजे गिरफ्तार भएका सम्पूर्ण विद्यार्थीहरुलाई विना सर्त रिहा   गरियो ।
जननायक विप.पी कोईरालाको मेलमिलापको नीतिले विदेश परस्एत तत्वहरुमा हलचल, नेपाली कांग्रेसका क्रान्तिकारी योद्धाहरु नयापटेन यक्ष बहादुर थापा र भिमनारायण श्रेष्ठलाई मारिएका कारण विद्यार्थी वर्गमा असन्तोष तथा आक्रोश र पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई दिएको फाँसी नै २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनको सूत्रपात एवं आधारशीला बन्यो । प्रजातन्त्र र मानव अधिकारमा विश्वास राख्ने विद्यार्थीहरुबाट पाकिस्तानको घोर अमानविय कूकृत्वको विरोध जनाउन विभिन्न क्याम्पसका विद्यार्थीहरु सम्मेलित एक जुलुस राष्ट्रपति जनरल जियाउल हकको विरुद्ध नारा लगाउँदै लाजिम्पाट स्थित पाकिस्तानी दतावासमा विरोध पत्र दिन लैनचौर पुग्यो । फाँसीका विरुद्ध नाराबाजी गर्दै अगाडी बढ्न लागेका प्रदर्शनकारीहरुलाई लैनचौरस्थित डेरी फर्म लगाडी लाठिधारी प्रहरीले रोके । विद्यार्थीहरुको जुलुस अगाडी बढ्ने प्रयास गर्ने वित्तिकै प्रहरी र विद्यार्थी विच भिडन्त भयो । प्रहरीसंगको मुठभेडमा प्रहरीको आक्रमणमा धेरै विद्यार्थी घाईते      भए । प्रहरीको लाठीबाट तितरवितर भएका अमृत क्याम्पसमा भेला भई ढुंगा मुडा गरे निकै बेरसम्म दोहोरो ढुंगामुडा चल्यो । विद्यार्थीहरु अमृत क्याम्पसको कम्पाण्ड भित्र थिए भने प्रहरीहरु होटल मल्लको गेट निर यो घटना अमृत क्याम्पसका सारा कर्मचारी प्रध्यापक एवं अन्य सामान्य विद्यार्थीहरुले हेरिरहेका थिए । प्रहरीद्धारा विद्यार्थीहरुमाथि ढुंगा बर्साउन थालेपछि सर्वसाधारण विद्यार्थीहरु पनि सामेल भई प्रहरीमाथि जवाफी ढुंगा बर्सायन थाले । निकैबेर यो भिषण युद्ध चलेपछि प्रहरीहरु ब्यारेक फर्किए । जियाउकालका विरुद्ध नारा लगाउदै रहेका प्रदर्शनकारी र प्रहरी विच विर अस्पताल तिर पुनः संघर्ष चल्यो । दुवै स्थानमा भएको संघर्षमा प्रहरीको निर्मम लाठी चार्जद्धारा धेरै विद्यार्थीहरु घाईते भए । यसको परिणाम स्वरुप विद्यार्थीहरुले विभिन्न क्याम्पसहरुमा हड्ताल गर्ने निउपाई विभिन्न स्वरुपका आन्दोलन सुरु    गरे । विद्यार्थी आन्दोलन अन्ततः व्यवस्था विरोधी आन्दोलनमा परिणत हुन पुग्यो । ब्यापक प्रहरी दमनका बावजुद पनि आन्दोलन दबाउन नसकेपछि राजा विरेन्द्रबाट जनमत संग्रहको घोषणा भयो ।
२०३६ साल जेठ १० गते विहिबार विहान ६ः४५ बजे राजा विरेन्द्रबाट भावि राजनीतिक व्यवस्थाको सम्बन्धमा नेपाल अधिराज्यभर बालिग मताधिकारको आधारमा सम्पूर्ण नेपालीको गोप्य जनमत लिने घोषणा गरे । जनमत संग्रह दुई वटा प्रश्नहरु राखेर गरियो ।
१. हालकै पञ्चायत व्यवस्था कायम  राखि त्यसमा सामाजिक सुधार गर्दै जाने ?
२. त्यसको बदला बहुदलिय शासन व्यवस्था स्थापना गर्ने ?
देशको समग्र विकासको लागि बहुदलिय व्यवस्था अपरिहार्य छ भन्दै ने.वि. संघका विद्यार्थीहरु एवं कार्यकर्ताहरु आ–आफ्नो जिल्ला, गाउँघरमा गई प्रचारमा लागेका    थिए । नेपाली कांग्रेसको चारतारे झण्डालाई दलगत प्रचारहरु हुन्छ भनि कानुनी रुपमा निशेष गरिएको हुदाँ बहुदलवादीहरुले घरघरमा निलो रङ्गका झण्डाहरु गाडिएका थिए । त्यस्तै निर्दलको पहेँलो थियो । तर अचानक षड्यन्त्र मुलक ढङ्गबाट निर्दल पक्ष विजयी भएको घोषणाले तमाम बहुदलवादी मर्माहित भए । त्यस किसिमको षड्यन्त्र प्रति घोर आपत्ति जनाउँदै ने.वि. संघले धाँधलिपूर्ण तरिकाबाट सरकारी स्रोत र साधनको दुरुपयोग गरि जर्वजस्ती ढङ्गबाट निर्दललाई विजयी गराएको घोषणा प्रति घोर आपत्ति प्रकट ग¥यो ।
ने.वि. संघको आन्दोलन र उपलब्धिहरु
वि.स. २००४ सालमा तिनधारा संस्कृतपाठशालाका विद्यार्थीहरुले पाठ्यक्रममा आधुनिक विषयहरु थप गर्नुपर्ने माग सहित गरेको‘जयन्त संस्कृतम’ आन्दोलन नै नेपालको शैक्षिक आन्दोलनको पस्तान विन्दु हो । २०२८ सालमा नयाँ शिक्षा नीतिको नाममा पञ्चायतले लागु गरेको राजारानी र पञ्चायतको स्तुती गाउने शिक्षा नीतिका विरुद्धको आन्दोलन, २०३२ सालको स्ववीयू पुर्नस्थापनाको आन्दोलन, २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन ने.वि. संघले नेतृत्व गरेका प्रमुख शैक्षिक आन्दोलनहरु हुन् । २०५८ साल भाद्र २४ गते ने.वि. संघले देशका आठ विद्यार्थी संगठनलाई आफ्नो कार्यालयमा बैठक राखेर विद्यार्थीहरुको साझा शैक्षिक तथा राजनीतिक मुद्दाहरुलाई संयुक्त रुपमा अगाडी बढाउनु पर्ने अवधारणा ल्याए पछि संयुक्त विद्यार्थी आन्दोलन अगाडी बढिरहेको छ । यसको अलावा ने.वि. संघले विद्यार्थीहरुसंग सरोकार राख्ने ६८ सूत्रिय मागहरु राखि क्रमशः पुरा गराउन सरकारलाई दवाब दिदै आएको छ ।  त्यसैगरि सरकारले जर्बजस्ती लाद्न खोजेको ५ प्रतिशत शैक्षिक करको शसक्त विरुद्धमा ने.वि. संघ रहेको थियो भने विद्यार्थीहरुलाई त्रि.वि. शिक्षण हस्पतालको उपचार खर्चमा ५० प्रतिशत एवं सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत छुट दिलाउनु ने.वि. संघको आन्दोलनका प्रमुख उपलब्धिहरु हुन् ।
अन्नततः नेपाली विद्यार्थी संघको ४६ औं स्थापना दिवसको अवसरमा प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकतामा विश्वास राख्ने सम्पूर्णमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
–लेखक तिमल्सिना ने.वि.संघ निजगढका संयोजक हुन् ।

Post a Comment

 
Top