0
निजगढसमाचार, निजगढ
सांकृतिक महत्व बोकेको तिहारको देउसी भैलो अब सामुदायिक विकासको उद्देश्यले खेल्न थालिएको छ ।
अघिल्लो वर्ष निजगढ औतारटोल सुधारमार्फत खेलिएको ४ लाख संकलन गरेर टोलमा प्रत्येक विद्युतका पोलमा बत्ति जडान गरिएको थियो । त्यस्तै कुलो, बाटो निर्माण, गुम्बा भवन निर्माणमा सहयोग गरेको समितिले यो वर्ष पनि निरन्तरता दिने भएको छ ।
समितिका अध्यक्ष सिताराम दंगालका अनुसार यो वर्ष स्थानीय गुम्बामा पार्क बनाउने उद्देश्यले देउसी भैलो खेल्ने तयारी छ ।
त्यस्तै धियाल टोलसुधार समितिले अघिल्लो वर्ष देउसी भैलोबाट एक लाख संकलन गरेको थियो ।
समितिका अध्यक्ष गोपी घिमिरेका अनुसार अघिल्लो देउसीको पैसाबाट भा“डा खरिद गरिएको र पोलमा बत्ति जडान गरिएको     जनाए ।
उनका अनुसार यो वर्ष वातारण स्वच्छ बनाउन प्रेरित गर्ने टिर्सट लगाएर देउसी खेल्ने तयारी गरिएको छ । नेपाल भुतपूर्व सैनिक संघ केन्द्रिय कार्यालय काठमाण्डौंको सहयोगमा तयार गरिएको टिर्सटमा ‘परम्परागत संस्कृति जर्गेना गरौं एक आपसमा मिलेर, वातावरणलाई स्वच्छ राखौं, प्लाष्टिक रहित झोला बोकेर’ चेतना मुलक सन्देश लेखिएको  छ । ४० वटा टिर्सटको लागि आवश्यक रकम संघका केन्द्रिय सदस्य दिपक कुमार भण्डारीले आज हस्तान्तरण गरेका छन् ।
बृहत देउसी भैलो तथा सांकृतिक कार्यक्रममा संयोजक धनप्रसाद बजगाईका अनुसार देउसीका क्रममा प्लाष्टिक रहित निजगढ नगर अभियानमा जुट्नको लागि भन्दै वातावरण मैत्री झोला विनरण गने योजना रहेको छ । त्यस्तै देउसीमा चेतना मुलक नाटक समेत प्रदर्शन गरिएको छ । संकलित रकमबाट कुर्सी र टेन्ट खरिद गर्ने योजना रहेको छ ।

Post a Comment

 
Top