0
निजगढसमाचार, निजगढ, २४ कार्तिक
बारा निजगढमा संचालित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिकोत्सवको अवसरमा गौरिशंकर उच्चमाविका स्काउट टोली सम्मानित भएका छन् ।
   संस्थाले आज आयोजना गरेको वार्षिकोत्सव तथा शुभदिपावली, छठ तथा ल्होसार पर्वको अवसरमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा स्काउटलाई सम्मानपत्रले सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष भोला प्रसाद गौतम र निजगढ–८ स्थित गौरीशंकर उच्च माविका प्रार्चाय सुर्दशन कोईरालाले संयुक्त रुपमा सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा स्काउट शिक्षक लोक बहादुर खुलालसहित सुभाष तिमल्सिना, श्याम साह, अनुज मैनाली, सनिष खुलाल, हिमानी फुयाल, शोभा बराल, नविन सञ्जेल, अपर्ण फुयाल छन् ।
     कार्यक्रममा गौरीशंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतम, लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्बिका चौलागाई, अवतार बचत तथा ऋण सहकारी संस्थाका अजय लामा, हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमोद सिग्देल, शिक्षक हकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षका हस्तबहादुर लामा, नागरिक वडा मञ्च निजगढ–८ की संयोजक दुर्गा कोईराला, निजगढ समाचारका कार्यकारी सम्पादक महेश्वर अधिकारी, पत्रकार गोकुल घोरसाइने लगायत सहकारीकर्मी, शिक्षक तथा स्थानीयको सहभागिता रहेको कार्यक्रमको संचालन संस्थाका सचिव बोधनाथ चौलागाईले गरेका थिए ।


Post a Comment

 
Top