0
निजगढसमाचार, निजगढ
ईलाका प्रहरी कार्यालय निजगढले  तिहारमा देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न सबैमा अनुरोध गरेको छ । प्रहरी निरीक्षक रामप्रसाद गौतमले निजगढसमाचारसंग कुरा गर्दै रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने ह“दा सुरक्षालाई दृष्टिगत गरी देउसी, भैलो राति १० बजेसम्म मात्रै गर्न अनुरोध गरिएको बताए ।
प्रहरी निरीक्षक गौतमले तिहार तथा छठ पर्वका अवसरमा भ“इचम्पा, पटाका, आतसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेका छन् ।
उनले सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकाले  त्यस्ता विष्फोटक पदार्थको उत्पादन, आयातनिर्यात, बिक्री वितरण, परिवहन तथा प्रयोग नगर्न अनुरोध गरेको हुन ।
आ–आफ्ना बालबच्चालाई भ“इचम्पा, पटाका, आतसबाजीजस्ता प्रज्जवलनशील पदार्थको प्रयोग गर्न नदिन कार्यालयले अनुरोध गरेको     छ ।
‘हामीले पड्का पड्काउन दिएका छैनौं । हाम्रो आ“खा छलेर छिटपुट रुपमा पड्काउने काम भएको छ । त्यसलाई रोक्न हामी सबैसंग आग्रह गर्दैछौं ।’ प्रहरी निरीक्षक गौतमले भने–यस विपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने छ ।’

Post a Comment

 
Top