0
निजगढसमाचार, निजगढ
काठमाण्डौंमा अध्ययनका क्रममा रहेका युवाले निजगढ–४ मोहरीमा दशैंको छुट्टि मनाए । विद्यार्थी मिलन कार्यक्रम गर्न उनीहरु रमणीय पर्यटकीय क्षेत्र मोहरी पुगेका थिए ।
निजगढमा संगै पढेका उनीहरु उच्च शिक्षाका क्रममा विभिन्न ठा“उमा पुगे पनि निजगढ आउ“दा मिलन कार्यक्रम गर्ने थलो मोहरीलाई चुने । मोहरीमा वन भोज सहितको विद्यार्थी मिलन कार्यक्रम गरे ।
यो· स्टार क्लब जेभिएर ईन्टरनेशनल कलेज काठमाण्डौंका अध्यक्ष सरोज चौलागाईले संयोजन गरेको कार्यक्रममा सहभागि युवाहरुले मोहरीलाई ब्यवस्थापन गरेर आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने बताएका थिए ।
आफुहरुलाई मोहरीको सुन्दर्ताले आकर्षित गरेको क्लबका अध्यक्ष चौलागाईले बताए । उनले  यसलाई मध्यतराईकै उत्कृष्ठ गन्तब्य बनाउन सकिने धारणा राखे । ‘त्यसको लागि प्रचार प्रसार गर्नुपर्ने देखिन्छ,’ अध्यक्ष चौलागाईले भने –हामी पनि प्रचार प्रसारमा आवश्यक सहयोग गर्न तयार छौं ।’
कार्यक्रममा सहभागि भई फर्किएकी नेपाल ईन्सीच्यूट अफ मेडिकल साईन्स कलेज काठमाण्डौंमा अध्ययनरत निजगढकी मोनिका कार्कीले मोहरीको प्राकृतिक सुन्दर्ताको प्रचार प्रसार गर्न आवश्यक रहेकोमा जोड दिईन् ।
निजगढसमाचारसंग कुरा गर्दै नर्सि·की विद्यार्थी कार्कीले दुई वर्ष अघि र अहिलेमा केही फरक भए पनि त्यो प्रयाप्त नभएको बताईन् । ‘हामी त्यहा“ जा“दा निजगढ भन्दा बाहिरका आन्तरिक पर्यटकहरु वनभोज मनाउन आएको देख्यौं ।’कार्कीले भनिन्– त्यो देख्दा मलाई खुसी लाग्यो ।’
‘त्यहा“को मौषम तराईवासीको लागि फरक महसुस गराउने खालको छ ।’ कार्कीले भनिन्– ‘विदेशी त हैन तर मोहरीमा आन्तरिक पर्यटकलाई भने सजिलै आर्कषित गर्न  सकिन्छ ।’
पिकनिक स्पोर्टको रुपमा परिचित निजगढ–४ स्थित मोहोरीलाई ब्यवस्थापन गर्न भने ठोस पहल भएको छैन् ।
नया“ वर्ष, मंसिर–पुषमा मात्र हैन् अहिले मध्यतराईका बारा, पर्सा र रौतहट जिल्लाबाट पनि हरेक हप्ता पिकनिक खान त्यहा“ पुग्न थालेका  छन् ।
त्यस्तै विभिन्न संस्थाका चुनाबी नतिजा पछि पिकनिक खेल्ने समूहको बाक्लै भीड हुने गरे पनि ब्यवस्थित पिकनिकस्थल अझैं बन्न सकेको छैन ।
उत्तर र दक्षिण चुरे पहाड, पूर्व फास्ट ट्रयाक र पश्चिम बकैया खोलाले घेरिएको खुला फा“ट मोहोरीको विशेषता हो ।
पूर्व–पश्चिम राजमार्गको बाराको निजगढ शहीद चोकबाट करिब ७ किलोमिटर उत्तर र नजिकैको बस्तीबाट दुई किलोमिटर यात्रा तय गरे पछि मोहरी पुग्न सकिन्छ । करिब १० हेक्टर क्षेत्रफलको खुला स्थानलाई व्यवस्थित गर्ने हो भने पिकनिक मनाउन उत्तम स्थल हुन सक्ने पछिल्लो समय देखिएको आन्तरिक पर्यटकको आकर्षणले समेत पुष्टि गरेको छ ।
निजगढ–काठमाडौं जोड्न दु्रतमार्ग मोहरीबाट ट्रयाक खुलेको देख्न सकिन्छ । फास्ट ट्रयाक संचालनमा आए पछि यसको थप शुन्दरर्ता बढ्ने देखिन्छ । त्यसबाट यसको महत्व झनै बढ्ने अनुमान सजिलै गर्न सकिन्छ ।
गर्मी याममा चिसो हावा, नजिकैको लालबकैया खोलामा पौडी खेल्न सकिने, जाडोमा बिहानै घाम लाग्ने र मोबाइल फोनका लागि एनटिसी, एनसेल, स्र्माट, युटिएलको नेटवर्क समेत आउने भएकाले पनि यो क्षेत्रलाई पिकनिक स्थलको रूपमा विकास गर्न सके निजगढको महत्व झनै बढ्ने निजगढ नगर विकास समितिका अध्यक्ष सुरेश खनालले बताए ।
मोहरीलाई गणेशमानसिंह बालबाटिका तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना अनुसार काम भईरहेको अध्यक्ष खनालले   बताए ।
वर्षौंदेखि मोहोरीमा पिकनिक खेल्न जाने चलन रहे पनि यसको विकास गर्न कसैले अग्रसरता नलिएको स्थानीयको गुनासो छ ।
निजगढ नगरपालिका भए पछि यसको आवश्यकता अझैं बढेको धेरैको अनुभव छ । नगरका पर्यटकीय स्थलकाको पहिचान गरि विकास गर्ने क्रममा मोहरीलाई पहिलो प्राथमिकता दिनु पर्ने उनीहरु बताउछन् ।
मोहरीको विकासका लागि निजगढ नगरपालिका प्रयत्नशिल रहेको नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोख्रेलले   बताए । ‘आन्तरिक पर्यटकलाई आर्कषित गर्ने मोहरीको विकासका लागि हामीले काम थालिसकेका छौं ।’, कार्यकारी अधिकृत पोख्रेलले भने ।
नगरपालिकाका सुचना अधिकारी नविन खनालका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा तीन लाख बजेटबाट ट्रष्ट निर्माण, झाडी फाड्ने र सडक मर्मतको काम नगरपालिकाले गरेको छ ।
लागत सहभागिता सहित दुई लाख १० हजारमा काम सम्पन्न गरिएको जानकारी दिदै सुचना अधिकारी खनालले मोहरीको विकासको लागि तयार हुदै गरेको गुरुयोजनामा प्रवेशद्धार, ट्रस्ट, बाटो ग्राभेल, गार्डेन र वाटर फाउन्टेन निर्माण गर्ने लगायत उल्लेख गरिएको जनाए ।
पानीको राम्रो ब्यवस्था मिलाईएको जनाउदै चुरेको खोल्सी, मूलबाट पाइपद्वारा मोहोरीसम्म खानेपानी ल्याउने काम भएको बताए ।
फास्ट ट्रयाक, नजिकैको डुमरवाना टा“गियाबस्तीमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलपछि निजगढको महत्व झनै बढ्को छ ।
सरकारले निजगढलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने बजेट मार्फत नै सम्बोधन गरेपछि निजगढको थप आर्कषण बढेकोले  पनि शहर उन्मुख निजगढले पर्यटनलाई ध्यान दिनु पर्ने धेरैको मत छ ।
शहरमा बढ्दो व्यस्त जीवनलाई केही समय भए पनि तनावमुक्त पार्नका लागि समेत यस्तो क्षेत्रको विशेष महत्व हुने गरेको छ ।
मोहरीलाई गणेशमानसिंह बालबाटिका तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना अनुसार समिति समेत सक्रिय रहेको छ । गणेशमानसिंह बालबाटिका तथा पर्यटकीय क्षेत्र समितिका अध्यक्ष सागर गौतमका अनुसार सबै राजनीतिक दलको सहमति अनुसार गणेशमान पार्कको रुपमा विकास गर्ने उद्देश्य रहेको छ ।
समिति दर्ता प्रकृयाको अन्तिम चरणमा रहेको जानकारी दिदै अध्यक्ष गौतमले मोहरीमा निर्माण भएको ट्रष्ट पनि समिति मार्फत नै काम भएका जनाए ।
नागरिक उड्यान संस्कृति तथा पर्यटन मन्त्रालय मार्फत ५ लाख बजेट छुट्याईएको र नगरपालिकाबाट, वन मन्त्रालयमार्फत पनि बजेट छुट्याईएको भए पनि बन्द हड्तालका कारण सम्झौता हुन ढिला भएको उनले बताए ।
असोज २० गते भित्रै सम्झौता हुनु पर्ने भए पनि विषम परिस्थितिले ढिलाई हुन गए पनि बन्दी खुल्नासाथ कार्यआदेश लिएर काम अगाडी बढाईने जानकारी दिए ।
‘हामीले नगरपालिकाको ईन्जिनियरको टोली मार्फत मोहरीको नापीको पहिलो चरण पुरा गरेको      छौं ।’ अध्यक्ष गौतमले भने–अब केही दिनमा नै त्यसको एकिन क्षेत्रफल पत्ता लागेपछि तारबारको काम पनि गर्नुपर्छ  ।’
निजगढको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले बाराका सञ्चारकर्मी सम्मेलित एक टोलीले केही महिना अघि मोहरीको अवलोकन गरेको थियो ।
चुरेफेदमा रहेको निजगढ नगरपालिकाको मोहोरीस्थित पिकनिक क्षेत्र अवलोकंन टोलीमा बाराका सञ्चारकर्मी, स्थानीय राजनीतिक दलका प्रमुख  तथा  प्रतिनिधि, निजगढ नगरपालिकाका कर्मचारीहरू संलग्न थिए ।
आन्तरिक तथा बाह्य पर्यटनका  सम्भावना  बोकेर पनि सो क्षेत्रले खासै प्रचार नभएको भन्दै अवलोकन भ्रमण गराईएको थियो ।
भ्रमणमा सहभागि सञ्चारकर्मीहरुले त्यहा“को सुन्दरताले आफुहरुलाई आर्कषित गरेको प्रतिकृया दिएका थिए । निर्माणको प्रतीक्षामा रहेको दु्रत मार्ग, अन्तर्राष्ट्रिय विमानस्थलजस्ता राष्ट्रिय गाौरवका आयोजना संगै प्राकृतिक भु–बनौटले निजगढलाई पर्यटन आर्कषित बनाउने आधार थपेको सहभागिले बताएका थिए । कार्यक्रममा नेकपा–एमाले निजगढ नगर अध्यक्ष दिलबहादुर लामा, नेपाली कांग्रेशका महेशी कुमर, एमाओवादीका थीलप्रसाद गौतम,      राप्रपा नेपालका खड्कप्रसाद उप्रेती, नेकपा–माओवादीका रविराज दंगाल, मधेस समाजवादी फोरमका मोजहर मन्सुर, नगरपालिकाका अधिकृत पोख्रेल, लेखापाल राजेन्द्रकुमार कार्कीलगायतले विचार राखका     थिए । कार्यक्रमको  सहजीकरण पत्रकार गोकुल घोरसाइनेले गरका थिए ।
हामी योजना बनाउँदै छौं 
विमल कुमार पोख्रेल, कार्यकारी अधिकृत,
निजगढ नगरपालिका कार्यालय, निजगढ, बारा

हामीले निजगढलाई पर्यटकीय क्षेत्रका रुपमा पनि विकास गर्ने योजना बनाएका छौं । त्यसका लागि निजगढ नगरपालिका क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रहरु पहिचान गरिरहेका छौं । त्यसमा मोहरी पनि महत्वपूर्ण गन्तब्यका रुपमा लिएका छौं ।
त्यसलाई ब्यवस्थित रुपमा विकास गर्ने उद्देश्यले ‘ड्रोई· डिजाईन’ तयार पारिरहेका छौं । नगरपालिकाको परिषदले नै ११ लाख बजेट विनियोजन गरेको छ । एक महिना भित्र उपभोक्ता समितिसंग सम्झौता गरेर काम अगाडी बढाउने तयारीमा छौं । मोहरीलाई बाल मैत्री पिकनिक पार्कको रुपमा विकास गर्ने र होमस्टेको लागि पनि सम्भाब्यबारेमा अध्ययन गरिरहेका छौं ।



Post a Comment

 
Top