0

निजगढ समाचार, निजगढ, २६ कात्तिक
नेपाल संवत् ११३६ को अवसरमा आज बाराको निजगढमा र्‍याली निकालिएको छ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
    निजगढ नेवाः खलः ले ¥यालीको आयोजना गरेको हो । र्‍यालीमा सहभागिहरु राष्ट्रिय विभूति शङ्खधर साख्वाको तस्वीर र राष्ट्रिय झण्डा बोकेर नेवारी भेष भुषामा सजिएरका थिए । निजगढ बजारबाट सुरु भएको ¥याली निजगढको राजमार्गको शहीद चोकमा पुगेर पुनः निजगढ बजारमा पुगेर समापन भएको छ ।
 राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराउनुभएको थियो । नेपाल संवत्ले चन्द्रशम्शेरको शासनकाल विसं १९६० सम्म राष्ट्रिय संवत्को मान्यता पाएको बताईन्छ ।
    विसं १९६० बाट भने नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन छोडिएको थियो । राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
   गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५५ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
नेवार समूदायमा म्हः पूजा गरिँदै
निजगढमा बसोबास गर्ने नेवार समुदायले आजैको दिन म्हः (आत्म) पूजासमेत गर्दैछन् । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
    आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत रहेको छ ।


Post a Comment

 
Top