0

  • रोशन ढुकढुकी

चोर बन्नलाई अनि दलाल बन्नलाई ।
चाहिदैन सटिफिकेट मालामाल बन्नलाई ।।

काडामाथी फुलको प्रश्न यस्तो थियो ।
सक्छौ मेरो लागि बेहाल बन्नलाई ।।

यी थोपा थोपा आसु त्यतिकै झरेको होईनन् ।
समेटिने छन एकदिन ताल बन्नलाई ।।

हिटलर जस्तै बन्नु छ अब मलाई ।
भन्देन कहा सिकाईन्छ काल बन्नलाई ।।

 त्यो पहाड खसेर गल्ति गरिदियो ।
 पानीको कति रहर थियो छाल बन्नलाई ।।
निशंखे, ओखलढुङ्गा, 
हाल जेभिएर ईन्टरनेशनल कलेज काठमाण्डौं, कक्षा १२

Post a Comment

 
Top