0
निजगढ समाचार, निजगढ, २५ कात्तिक
कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । बाराको निजगढमा आज विहानै देखि स्थानीयहरु लक्ष्मी पूजाको तयारीमा जुटेका छन् । घर लिपपोत र धोईपखाली गरि सरसफाई गर्न विहानैदेखि ब्यस्त भएका हुन् ।
घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वासका कारण स्थानीयको त्यसको तयारीमा जुटेका हुन्  ।
यता निजगढ–८ मा रहेको प्रभु बैंक लि. को शाखा कार्यालयमा आज विहान लक्ष्मी पूजा गरिएको छ । शाखा प्रमुख विशाल नकर्मीले पण्डितसहित लक्ष्मी पूजा गरेका हुन् । दीपमालिका सहित गरिएको लक्ष्मी पूजाको अवसरमा बैंकका कर्मचारी अजय अधिकारी, शुसिला उप्रेती लगायत सहभागि भएका थिए । लक्ष्मी पूजासंगै बन्द भएको बैंक आईतबारदेखि खुल्ने जनाईएको छ ।
    आज घरघरमा दीपमालिकासहित दीपावली गर्ने तयारी भईरहेको हो । घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ । यसरी अङ्कित गरिएको पाइलामा कमलको फूलको शयया बनाइदिएमा त्यस घरलाई लक्ष्मीले कहिल्यै छोड्दिनन् भन्ने विश्वास रहेको छ ।
     आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन नेपालका केही भागमा भए पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको छ । शास्त्रोक्त भनाइअनुसार ‘बिहीबार बिहान गाई पूजा गरिन्छ । गाई नेपालको राष्ट्रिय जनावर हो । लक्ष्मी पुजासंगै निजगढमा मिठाई, फुलफुल र सयपत्री फुलको ब्यापार बढेको छ ।


Post a Comment

 
Top