0
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
Aries
प्रारम्भमा साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। लगनशीलताले नयाँ कामको अवसरसमेत दिलाउन सक्छ। मंगलबारदेखि केही चुनौतीहरू देखा पर्नेछन्। परिस्थितिले साथ दिए पनि समयको मागलाई बुझ्न नसक्दा दुःख पाइनेछ। अवसरवादीहरूले झुक्याउनेछन् भने आफन्तजनबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई नै हुनेछ। अस्वस्थताले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुन सक्छ। चुनौती देखिए पनि सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नेछ।शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
Taurus
सुरुमा झुटा आरोप सामना गर्नुपर्दा मन खिन्न हुनेछ। बित्थैमा विवादमा परिने सम्भावना छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि सोमबार साँझदेखि स्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा उठाउन सकिनेछ। आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र हौसला मिल्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ। बिहीबारपछि अवसरवादीहरूले सताउन सक्छन्। अरूको भरपर्दा विश्वास गुम्न सक्छ। बुद्धिको उपयोगले मात्र काम बनाउन सकिनेछ। शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
Gemini
भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। समस्याका बेला आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। आँटेका काम मुस्किलले बन्नेछन्। परिबन्धले खर्च बढाउनुका साथै अर्थ अभावले काम स्थगित हुन सक्छ। कृषि तथा पशुपालनमा पनि लगानी बढ्नेछ। बिहीबारदेखि विभिन्न अवसरले पछ्याउनेछन्। रोकिएका काम पनि बन्नेछन्। भौतिक साधन जुट्नुका साथै शुभचिन्तकहरूले समेत साथ दिनेछन्। सप्ताहान्तमा भने अरूको स्वार्थमा उपयोग भइएला, सजग रहनुपर्नेछ।शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
Cancer
प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ संकट देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयास गर्दा काम बन्न सक्छ। भेटघाटले अलमल्याउन सक्छ। समस्याका बेला आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। परिबन्धले खर्च बढाउन सक्छ। सप्ताहान्तमा सहयोगीरू जुट्नेछन् र आँटेको काम बन्नेछ। शक्तिशाली व्यक्तिहरूसँग निकटता बढ्नेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
Leo
सुरुमा व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ भने श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले काममा उत्साह जगाउनेछ। मंगलबारपछि आकस्मिक खर्च बढ्नेछ। बन्न लागेको काममा बाधा हुन सक्छ, सजग रहनुहोला। आफन्तहरू टाढिनेछन् भने सहयोगीहरू समेत कमै भेटिनेछन्। बिहीबार साँझदेखि परिस्थिति अनुकूल बन्नुका साथै रोकिएका काम सम्पन्न हुनेछन्। तार्किक क्षमता बढ्नेछ। वाणी र बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
Virgo
प्रारम्भमा प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता पनि बढ्नेछ। विशेष दायित्व वहन गर्दै यात्रा गर्ने अवसर जुट्न सक्छ। दिगो आम्दानी हुने काम सुरुवात हुनुका साथै नोकरी प्राप्त हुने सम्भावना छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। बिहीबार र शुक्रबार भने खर्च बढ्नुका साथै स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ। दौडधुप र बाध्यताका काममा समय बित्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नेछ।शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
Libra
प्रारम्भमा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तर, तत्काललाई चुनौती देखिए पनि बिस्तारै सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ। मंगलबारदेखि आम्दानीको स्रोत पनि सबल बन्नेछ। लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। दिगो आम्दानीको स्रोत फेला पार्न सकिनेछ। सप्ताहान्तमा खर्च बढ्नाले काम रोकिन सक्छ।शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
Scorpion
सुरुमा केही असहज वातावरणमा समायोजित बन्नुपर्ला। कामको बोझ र जिम्मेवारी थपिन सक्छ। अरूका काममा समय खर्चनुपर्ला। बेसुरमा वचन दिने बानीले समस्या उत्पन्न गर्न सक्छ। तापनि, अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउन सक्छ। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। बिहीबारपछि मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन समेत कसिने योग छ। सामाजिक प्रतिष्ठा मिल्नेछ। कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ।शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
Sagittarius
प्रियजनसँगको भेटघाटले साताको सुरुवात रमाइलो रहनेछ। व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। मंगलबारदेखि समय अलि प्रतिकूल रहला। चोटपटक लाग्ने र अस्वस्थ भइने सम्भावना छ। आम्दानी भए पनि आँटेको काम स्थगित हुन सक्छ। विविध समस्यामा अल्झनुपर्दा अवसर गुम्न सक्छन्। धार्मिक तथा सामाजिक गतिविधिबाट वञ्चित भइएला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। तापनि, सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नेछ। शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
Capricorn
प्रतिस्पर्धीहरूलाई पछि पार्दै विभिन्न अवसर हात पार्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। मित्रता एवं प्रेमको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। व्यापारमा पनि फाइदै हुनेछ। रमाइलो यात्रा गर्ने अवसर समेत जुट्न सक्छ। बिहीबारपछि स्वास्थ्यमा समस्या देखिनुका साथै घरेलु समस्याले पिरोल्न सक्छ। काममा बाधा उत्पन्न भए पनि सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै हुनेछन्।शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
Aquarius
प्रारम्भमा पेटको मौसमी गडबडीले स्वास्थ्य कमजोर बन्नेछ। अध्ययनमा पनि समय दिन नसकिएला। काममा केही चुनौती देखा पर्नेछन्। तापनि, मंगलबारदेखि प्रयत्न गर्दा आफ्नो लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। आर्थिक पक्ष सबल बन्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। सप्ताहान्तमा केही अप्ठ्यारोमा परिने सम्भावना देखिन्छ, सजग रहनुहोला।शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
Pisces
सुरुमा समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइनेछ। बेसुरमा वचन दिने बानीले समस्या उत्पन्न गर्न सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। पेटको खराबीले पनि सताउने समय छ। पढाइलेखाइमा ध्यान नजान सक्छ। बाध्यतासँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ। तापनि, प्रयत्न गर्दा चुनौतीहरू सजिलै पार लाग्नेछन्। नयाँ काम सुरु गर्न सकिनेछ। बिस्तारै आर्थिक पक्ष सबल बन्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्नुका साथै आम्दानीको दिगो स्रोत हात पार्न सकिनेछ।शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि  ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Post a Comment

 
Top