0
 ब्यङग्य
ठिटो गयो विदेश
  • नबराज खड्का

गयो एउटा ठिटो विदेश कमायन धन के गरोस त विचारा ! हुन त विदेश जान थिएन उसलाई मन आफ्नै देशमा बसी उ बनन चाहान्थ्यो ईन्टरनेशनल डन, के गरोस त विचारा ! डन बन्नलाई चाहिन्छ गन, गन किन्नलाई चाहिन्छ धन ।
धन कमाउन मनले चाहेर पुग्दैन राम्रो काम पाउनुृ पर्यो त्यसैले त आज विदेश गयो । खाडी मुलुक जानु अघि उसको ‘सुड्डो’ बेकुफ यत्रो पैसा तिरेर परको देश जाँदैछस टिकस काटिस त ? छैन भने यो हँसिया संगै लिएर जा तँलाई टिकस काट्ने बेलामा सजिलो पर्छ ।’  भन्दै ब्यागमा राखिदिए  ह“सिया छोरा हिड्यो भएर विदा चढ्नलाई बस बसमा चढेसी निदाएछ फस फस...। 
कन्टेक्टरले उठाएर भन्यो –‘भाडा दिनुस’ ठिटो भन्छ–‘भाँडा ल्याएको छैन्, हँसिया ल्याएको छु । टिकट काट्छु र दुई टुक्रा पार्छु । यो कुरा सुनी कन्टेक्टर हरायो र भन्यो भो पर्दैन भाडा ओर्लेर जा चढेर गोरु गाडा ठिटो नि ओर्लिएर खोज्दै थियो गाडा बस चढेको आधा बाटो सम्मको तिर्नु परेन उसले भाडा पुगेसी विदेशमा काम पायो बालुवा चाल्ने बेल्चाले उचालेर जालीतिर फाल्ने पैसा त कमायो राख्ने कहाँ ? पठाउने कसरी रु उसको सुड्डोले भने बाबु छोरा पैसा लिएर आउँदा विचार पु-यानी तीन वर्षको कति रुपैँया कमाईस होला ? 
यहाँ आफ्नो देशमा भाको भए म आफै आउँथे  बोरा लिएर तँलाई गाो हुन्थ्येन । तँ विदेश छस के गर्नु त्यहा आउन पास फोटो बनाउनु पर्छ रे तेरो ईसकुल तिका सरहरुले बनाउँथे होलान कि त्यहाँबाट तैले भुस्सा पठाईदेन मेरो लागि बसमा राखेर म पारकमा बस्छु । अनि भुस्सा र पास फोटो  भएसी म पनि त भाको ठाँउमा बसाँ चढेर आउँछु ।
ठिटो छोरो– किन आउनु तपाई म ल्याई हाल्छु नी मैले अहिले यहिको बैंकमा राखेको छु के पैसा बुझ्नु भो ? तलाई बेकुफ के भन्दैछस् त बाङकमा राखेको रे हराउला नी जहाँ पायो त्यहि राख्दा पाईन्टमा चोर खल्ती बनाएर अलि भित्र राख नत्र हराउँछ नि 
बुझिस कि बुझिनस ???? 
                                             –निजगढ–९ तेस्रो लाईन, बारा

Post a Comment

 
Top