0
निजगढसमाचार, निजगढ
साहित्यमा युवा पुस्ताको आर्कषण देखिएको छ । निजगढमा एक महिनाको विचमा दुई पटक साहित्यीक कार्यक्रम आयोजना भएको छ ।
कुशल कम्प्यूटर प्रशिक्षण केन्द्र निजगढको आयोजनामा भएको कार्यक्रममा युवापुस्ताका श्रष्टाहरुको रुचि देखिएको हो ।
आफ्नो साहित्य प्रस्तुती गर्ने थलो खोज्दै आएका निजगढका युवा साहित्य अनुरागीहरुले शनिबार नव साहित्यिक मञ्च गठन गरेका छन ।
लुकाईएर राखिएका, दबेर अनि दबाईएर राखिएका कलाहरूलाई उचित स्थान प्रदान गर्ने उद्देश्यले  मञ्च गठन भएको हो ।
कुशलमा आयोजित कार्यक्रममा मञ्चको कार्यसमिति र  सल्लाहार समिति चयन भएको छ ।
मञ्चको अध्यक्षमा जुगल किशोर लामिछाने, उपाध्यक्षमा सरस्वती बस्नेत, सचिवमा सन्तेष पौडेल, सह–सचिव लक्ष्मी उप्रेती, कोषाध्यक्षमा राम कृष्ण पाण्डे रहेका छन् । त्यस्तै मञ्चको सदस्यहरुमा नवराज खड्का, यम्बर खत्री, अजय उप्रेती, रामकुमार खड्का, रेनुका पाण्डे, जमुना श्रेष्ठ, अर्जुन घिमिरे, जोन लामा रहेका छन् । मञ्चमा सधारण सदस्यता पनि खुल्ला गरिएको छ ।
मञ्चलाई कुशल कम्प्युटर प्रशिक्षण केन्द्र र राज प्लाष्टिक एण्ड किचन स्टोर्सले ५/५ सय नगद सहयोग गरेको छ ।
यस अघि कुशल कम्प्युटर प्रशिक्षण केन्द्रमा माघे संक्रान्ती पर्वको अवसरमा साहित्यिक कला प्रस्तुती तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको थियो ।
उद्ममि ऋषि बडालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विशिष्ठ अतिथि रविराज दंगाल थिए । कार्यक्रममा रमेश रसिक, नवराज पौडेल, मच्छिन्द्र आचार्य सहभागि रहेको कार्यक्रम सभापतित्व राम कृष्ण पाण्डे, कार्यक्रम संचालक जुगल किशोर लामिछानेको साथमा आयोजना गरिएको थियो ।

Post a Comment

 
Top